पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट सार्वजनिक गर्यो । आवको तेस्रो त्रैमास बित्न लाग्दा आधा बजेट पनि खर्च गर्न सकेको छैन ।
गएको फागुन मसान्तसम्म २५ प्रतिशत मात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय, गण्डकीले जनाएको छ । फागुन मसान्तसम्म ९ अर्ब २ करोड ७८ लाख बजेट खर्च भएको कार्यालयका प्रदेश लेखा निर्देशक किशोरकुमार श्रेष्ठले जानकारी दिए । ‘अहिलेसम्म २५.१५ प्रतिशतको हाराहारीमा बजेट खर्च भएको छ,’ उनले भने, ‘गत वर्ष पनि यही समयमा २५.५९ प्रतिशत खर्च भएको थियो ।’
असार लागेपछि विकास निर्माणको काम गरी बजेट सक्ने परिपाटी गण्डकीमा अझै रोकिएको छैन । असारमा गरिने विकास निर्माणका काम गुणस्तरीय नहुने भन्दै चौतर्फी आलोचना भए पनि यो परिपाटी नरोकिएको तथ्यांकले देखाएको छ । चालु आवको फागुन मसान्तसम्म २२.३१ प्रतिशतमात्रै पुँजीगत र चालुतर्फ ३०.८ प्रतिशत बजेट खर्च भएको निर्देशक श्रेष्ठले जानकारी दिए ।
बाहिर चर्चामा रहेको असारे विकासबारे भने प्रदेश लेखा नियन्त्रक श्रेष्ठको फरक धारणा छ । चैतबैशाखमा भएको कामको दाबी असारमा गर्दा खर्च असारको जस्तो देखिने गरेको उनी बताउँछन् । यो वर्ष खर्च कम हुनुमा चुनावी वर्षले पनि प्रभाव पारेको उनको भनाइ थियो ।
गण्डकीमा यस वर्ष २२ अर्ब १४ करोड ११ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएको थियो । जसमध्ये ८ महिनामा ४ अर्ब ९४ करोड ७ लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक श्रेष्ठले जानकारी दिए । अबको ४ महिनामा पुँजीगततर्फ १७ अर्ब २० करोड ४ लाख बढी रुपैयाँ अर्थात् ७८ प्रतिशत बजेटको काम गर्नुपर्ने देखिएको छ । चालुतर्फ १३ अर्ब २६ करोड ७८ लाख बजेट छुट्याइएको छ ।
जसमा ४ अर्ब ८ करोड ७१ लाख खर्च भएको छ । चालुतर्फ अझै ७० प्रतिशत बजेट खर्च हुन बाँकी छ ।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५३.३२ प्रतिशत बजेट खर्च गरेको छ भने कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १३.८७ प्रतिशत बजेट खर्च भएको छ ।
मुख्य न्यायाधिवक्ताको कार्यालयले ४४.३६ प्रतिशत, प्रदेश लोक सेवा आयोग गण्डकीले ४१.७४, प्रदेश नीति तथा योजना आयोगले ३४.०८ प्रतिशत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३०.७७ प्रतिशत, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले २९.५६ प्रतिशत, कृषि ऊर्जा तथा जलस्रोत मन्त्रालयले २९.०७ प्रतिशत, भौतिक पूर्वाधार मन्त्रालयले २३.०२ प्रतिशत बजेट खर्च गरेको तथ्यांकले देखाएको छ ।
प्रदेशका विभिन्न कार्यालय र आयोजनामा पर्याप्त बजेट भए पनि खर्च हुन सकेको छैन । खासगरी ठूला विकासे अड्डाले समयमा बजेट खर्च गर्न नसक्दा फ्रिज हुने अवस्था छ । विगतमा पनि समयमा पुँजीगततर्फको बजेट खर्च अर्थात् विकास निर्माणको काम हुन समयमा हुन नसक्दा करोडौं रुपैयाँ बजेट फ्रिज हँुदै आएको छ । आवको आखिरी महिना असारमा काम गर्दा ‘हतपतमा लतपत’ भने झैं गुणस्तरीय काम नहुने गरेको सर्वत्र गुनासो हुने गरेको छ ।
Related News
सम्बन्धित समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
रेशम चौधरीसहित ५०१ लाई आम माफी
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
hero news full width
मुख्य समाचार
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०