सगरमाथामा विद्यार्थी बिदाइ

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७९
Sagarmatha rup final

पोखरा । पोखरा–९ नयाँबजारमा रहेको सगरमाथा माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरिएको छ । कक्षा ११का विद्यार्थीले कार्यक्रम आयोजना गरेका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डुकबहादुर क्षेत्रीले विद्यार्थीहरूले सकारात्मक कुरालाई आत्मसात् गर्न सके जीवन सार्थक हुनेमा जोड दिए । विद्यार्थीले सफलता पाउनका लागि लक्ष्य निर्धारण गरेर पढ्नुपर्ने र यसका लागि सोहीअनुसारको मेहनत आवश्यक हुने उल्लेख गरे ।

विद्यार्थीहरूले उच्च शिक्षासँगै समाजमा रहेका विकृति विसंगति अन्त्यका लागि सक्रिय हुनुपर्ने साथै समाज र राष्ट्रको विकासमा विद्यार्थीहरू लाग्नुपर्ने बताउँदै उनले उच्च शिक्षाको लागि शुभकामना दिए ।

विद्यालयका प्रधानाध्यापक धनबहादुर थापाले विद्यार्थी सफल हुनुमा विद्यार्थीको मात्र नभई विद्यालय र अभिभावकको पनि भूमिका रहने बताए । शिक्षक तथा अभिभावकले विद्यार्थीको पढाइसँगै अन्य क्रियाकलापलाई पनि नियमित अवलोकन गर्नुपर्ने भनाइ राखे । शिक्षासँगै प्राप्त गरेको सिपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर बन्न सकिने प्रधानाध्यापक थापाले बताए ।

यसैबीच अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरियो । सरकारी सेवामा लोकसेवामार्फत् विभिन्न क्षेत्रका लागि छनोट भएका ८ जना र डाक्टरको प्रमाणपत्र प्राप्त गर्न सफल १८ जना भूतपूर्व विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । शिक्षक दिलीपकुमार शर्माले स्वागत गरे भने कार्यक्रम सञ्चालन विद्यार्थीले गरेका थिए ।

अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाडमा स्वर्णपदक प्राप्त गर्न सफल १ र रजत पदक प्राप्त गर्न सफल २ विद्यार्थी पनि सम्मानित भए ।

कार्यक्रमका अवसरमा विद्यार्थीहरुले नाचगान र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन विषयको पढाइ हुँदै आएको छ ।

व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक दिलीपकुमार शर्माले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width