नेलम्बोको शिशु स्याहार परियोजना

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७९
nelambo

हेमजा । नेलम्बो नेपालले शिशु स्याहार परामर्श तथा विकास परियोजना सुरु गरेको छ ।

परियोजना शुभारम्भ गर्दै पोखरा ४ का अध्यक्ष देवकृष्ण पराजुलीले निम्नवर्गीय परिवारमा परियोजना पुग्नुपर्ने भन्दै परियोजनाको लक्ष्य प्राप्ततर्फ लाग्न नेलम्बोलाई सुझाव दिए । उनले अपांग बालबालिकाको हेरचाहमा वडा संवेदनशील रहेको सुनाउँदै नेलम्बोलाई परियोजनाको क्षेत्र बिस्तार गर्न आग्रह पनि गरे ।

परियोजनाको दातृ निकाय सियरिङ माइन्ड स्वीजरल्यान्डका गार्लो कामेन्जेडले परियोजना सफल हुने विश्वास व्यक्त गर्दै नेलम्बोसँग सहकार्य गर्न पाएको खुसी व्यक्त गरे ।

पोखरा १८ का अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले आफ्नो वडालाई कार्यक्षेत्र बनाएकोमा खुसी व्यक्त गर्दै गहन ढंगले कार्य गरी लक्ष्य प्राप्ति गर्नुपर्ने बताए । माछापुच्छ्रे ७ का अध्यक्ष वैकुण्ठप्रसाद भण्डारीले नेलम्बोप्रति आभार प्रकट गर्दै कोविडको समयमा नेलम्बोमा क्रियाकलाप प्रशंसनीय रहेको चर्चा गरे ।

कार्यक्रममा नेलम्बोमा मानार्थ सदस्य गेहेन्द्रेश्वर कोइराला, गण्डकी अस्पताल बालरोग विभाग प्रमुख डा.रामचन्द्र बास्तोला, आइएनएफ नेपालका सेरा रिक्सभी, गैरसरकारी संस्था महासंघ कास्की अध्यक्ष डा.बुद्धिबहादुर थापा, कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवाल, बाल हेल्पलाइन नेपाल कास्की अध्यक्ष शंकर नेपाली, दातृ निकायकी आनिया कामेन्जेडलगायतले शुभकामना व्यक्त गरे ।

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले बच्चालाई संस्कारी बनाउने उद्देश्यका साथ परियोजना सुरु गरिएको स्पष्ट पार्दै आफूलाई मन परेको सपनाको परियोजना दातासँग छलफलपछि शुभारम्भ गर्न पाएकोमा खुसी व्यक्त गरे ।

नेलम्बोमा स्वास्थ्य प्रवद्र्धन अधिकृत निर्मला देवकोटाले विपन्न वर्गमा परियोजनाको लक्ष्य पु¥याउन पहल गरिने जनाउँदै अभिभावकलाई पनि शिक्षा दिनुपर्ने बताइन् ।

नेलम्बोले शिशु जन्मनु पूर्व र जन्मेको ६ वर्षसम्मका बालबालिका तथा उनीहरुका अभिभावक वा संरक्षकलाई नियमित पालनपोषण, स्याहार, विकास र संरक्षणबारे परामर्श सेवा प्रदान गर्ने उद्देश्यले परियोजना सुरु गरेको हो ।

परियोजनाअन्तर्गत स्तनपान, पोषण, सुताइ, विकास, हेरचाह, स्वास्थ्य, सिफारिस, अभिभावकत्व शिक्षा र अभिभावकलाई परामर्श दिइने छ ।

परियोजनाको कार्यक्षेत्र पोखरा महानगरपालिकाअन्तर्गत वडा नं. २, ३, ४ र १८ तथा माछापुच्छ्रे गाउँपालिकाका ६ र ७ पर्दछन् ।

नेलम्बोका अध्यक्ष देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सरोज कोइरालाले स्वागत तथा कार्यक्रम अधिकृत भीमप्रसाद भण्डारीले कार्यक्रम सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width