वडाध्यक्ष कप व्याडमिन्टन

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७९
Badmintion

पोखरा । पोखरा महानगरपालिका वडा ८ को आयोजना र युनिक व्याडमिन्टन क्लबको संयोजनमा मंगलबारदेखि वडा ८ स्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

सिर्जनाचोकस्थित बराल सामुदायिक भवनको हलमा भएको प्रतियोगितामा भेट्रान्स डबल्स इभेन्टमा रुद्रनाथ बराल र अशोक श्रेष्ठको जोडी फाइनलमा प्रवेश गरेको छ । वडाध्यक्ष समेत रहेका रुद्रनाथको जोडीले पहिलो खेलमा श्रीराम घिमिरे र कर्मा लामालाई तथा दोस्रो खेलमा रामकृष्ण तिमिल्सिना र गंगाबहादुर सुवेदीको जोडीलाई पराजित गरेको हो । सो जोडीले बुधबार सरोज श्रेष्ठ र सुनिल पौडेलको जोडीसँग उपाधिका लागि फाइनल प्रतिस्पर्धा गर्नेछ । सरोजको जोडीले पहिलो खेलमा रेशम गुरुङ र जसबहादुर गुरुङलाई तथा दोस्रो खेलमा रविन धमला र फुर्वा छिरिङ गुरुङको जोडीलाई पराजित गरेको हो ।

त्यस्तै, ओपनतर्फ मंगलबारको खेलमा सुरेश तामाङ र नारायण रानामगरले नवीन गुरुङ र अभिषेक थापाको जोडीलाई, अखिलकुमार शाही र रेशम थापाले थमन र जीवन गुरुङको जोडीलाई पराजित गरे ।

अन्य खेलमा विशाल अधिकारी र रामचन्द्र रामदामको जोडीले रामु मगर र जगत गुरुङको जोडीलाई, देवन मगर र सूर्य थापाको जोडीले एकबहादुर र सूर्य बुढाथोकीलाई, श्याम थापा र दिल सुनारीले देवेन्द्र गुरुङ र जुक्तमान गुरुङलाई तथा चन्द्र गुरुङ र नरबहादुर थापाले सूर्य पौडेल र योगेश श्रेष्ठलाई पराजित गरे । प्रतियोगितामा ४२ खेलाडीले भाग लिएका छन् ।

यसअघि वडाध्यक्ष रुद्रथान बरालले अफिसियललाई खेल सामग्री हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए । उनले वडावासीबीच भाइचारा सम्बन्ध प्रगाढ पार्न तथा स्वास्थ्य समाज निर्माणका लागि वडाले यो प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

पोखरा ९ अध्यक्ष दीपेन्द्र मर्सानीले आगामी वर्षहरुबाट आफ्नो वडाले पनि खेलकुदका क्रियाकलाप सुरु गर्ने जनाए ।

वडा ५ का पूर्व वडाध्यक्ष धनबहादुर नेपालीले महानगरका हरेक वडाले आ–आफ्नो वडामा खेलकुद गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए । वडासचिव सविता ढुंगानाले सञ्चानल गरेको कार्यक्रममा वडा सदस्य गोविन्द बरालले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ‘खेल्छ गण्डकी’ बाट महिला खेलाडी तयार गरिने

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत् महिला भलिबल खेलाडी उत्पादन गर्ने भएको छ । परिषदको आव…
  • मेयर कपको उपाधि वडा नम्बर २ लाई

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीसहरमा सञ्चालित तेस्रो बेसीसहर मेयर कप सम्पन्न भएको छ । बेसीशहर नगरपालिकाको खेलकुद विकास समितिले…
  • देश्ना चन्द कपमा ‘केआइइसी बुन’ च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । नयाँ गल्ली क्लबको आयोजनामा सम्पन्न तेस्रो देशना चन्द स्मृति नयाँ गल्ली कप सेभेन ए साइड फुटबल प्रतियोगितामा केआइइसी…
  • ठेलोमा पर्वतको वर्चश्व

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८०
    पोखरा । गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो प्रतियोगितामा पर्वतले उपाधिमा कब्जा जमाएको छ । पहिलो, दोस्रो र तेस्रो तिनै स्थानमा पर्वत…
  • कास्की जिल्ला बक्सिङ संघमा सुमन

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८०
    पोखरा। कास्की जिल्ला बक्सिङ संघको पाँचौ अधिवेशनले सुमन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । संघको प्रथम…

hero news full width