पोखरा । सिद्धार्थ बैंक लिमिटेडको गण्डकी प्रदेश कार्यालय तथा पोखरा शाखा भवन उद्घाटन गरिएको छ । बैंकका संचालक समिति अध्यक्ष मनोजकुमार केडियाले नयाँसडकस्थित कार्यालयको सोमबार उद्घाटन गरेका हुन् ।
उनले सिद्धार्थ बैंकले स्थापनाको २ दशक पूरा गरेको स्मरण गराउँदै सहयोग र सद्भावका लागि सबै ग्राहक वर्गमा धन्यवाद प्रकट गरे । उद्योग र अन्य व्यवसाय जस्तै बैंक पनि एउटा व्यवसाय भएको बताउँदै उनले व्यवसायी र बैंक संचालक सहकार्य गरेर अगाडि बढ्नुपर्ने भनाइ राखे । व्यवसायी र बैंकर एकअर्काको पूरक भएको भन्दै उनले विश्व नै आर्थिक रुपमा अफ्ठ्यारो अवस्थाबाट गुज्रँदै गर्दा नेपालमा पनि त्यसको असर देखा परेको बताए ।
नीति, नियम र कानुनका सम्बन्धमा केही परिवर्तन गर्नु परे व्यवसायी र बैंकरसँगै सरकारसँग जान सकिने उल्लेख गर्दै उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले आफ्नो तरिकाले काम गर्नु अन्यथा नभएको बताए । ‘ब्याजदर लगायतका विषयले व्यवसायी दुखी हुँदा, बैंक संचालक खुसी छैनन्,’ उनले भने । पोखराको संस्कृति संरक्षण, यहाँको शैक्षिक विकास र हिमाल आरोहणसम्बन्धी विद्यालय वा विश्वविद्यालय खोलेर अगाडि बढ्न सकिने प्रशस्त सम्भावना भएको उनले बताए ।
‘उद्योग र अन्य व्यवसाय जस्तै बैंक पनि एउटा व्यवसाय’
बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले बैंकले २ खर्ब १५ अर्ब रुपैयाँ बचत जम्मा गरी २ खर्ब रुपैयाँ कर्जा लगानी गरेको तथ्यांक सुनाए । सिद्धार्थ बैंक नेपालका उत्कृष्ट १० वाणिज्य बैंकभित्र पर्ने बताउँदै उनले देशको उत्पादन, रोजगारी र राजस्वको क्षेत्रमा सो बैंकको योगदान उल्लेख्य रहेको बताए । कोशी अस्पतालमा डायलोसिस मेसिन किन्न ५० लाख रुपैयाँ प्रदान गरी नारायणीमा आइसियुका लागि भवन बनाउन र पोखराको अमरसिंह विद्यालयमा भवन र कम्प्युटरका लागि बैंकले सहयोग गरी सामाजिक उत्तरदायित्वमा समेत आफूलाई सामेल गराएको उनले बताए । प्रविधिको पक्षलाई पनि बैंकले उत्तिकै ख्याल गरी अगाडि बढेको उनले भनाइ छ । युरोप र अमेरिकाका बैंक समेत अहिलेको आर्थिक अवस्थाले दबाबमा रहेको बताउँदै उनले तरलता र ब्यालेन्स अफ पेमेन्ट समस्या नेपालमा विस्तारै सुधार हुँदै गएको उल्लेख गरे ।
बैंकका डेप्युटी कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले सन् २००६ बाट बैंकले पोखरामा सेवा आरम्भ गरेको जानकारी दिंदै गण्डकी प्रदेशमा २२ शाखा र देशभर १ सय ९४ शाखमार्फत सेवा प्रवाह भइरहेको जानकारी दिए । गण्डकी प्रदेशमा सिद्धार्थ बैंकको १० अर्ब रुपैयाँ निक्षेप र १५ अर्ब कर्जा लगानी रहेको तथ्यांक पनि उनले सुनाए । बैंकले पोखरामा सामान्य एटिएम मेसिनको सुविधादेखि यस्तैखालको मेसिनमा नगदै जम्मा गर्न सकिने र चेक पनि जम्मा गर्न सकिने खालको सेवा सुरु गरेको पनि उनले अवगत गराए ।
कार्यक्रममा बैंकका संचालक सदस्य दिनेशशंकर पालिखे, व्यवसायी नारायणप्रसाद पौडेल, सन्तोष पोखरेल र विशेश्वर आचार्यले पनि सिद्धार्थ बैंकसँग कारोबार गर्दाको अनुभव सुनाउँदै पोखराको शिक्षा, स्वास्थ्य र पर्यटनमा लगानी बढाउन सो बैंकसँग आग्रह गरे । बैंकको नयाँ भवनमा गण्डकी प्रदेश कार्यालय र पोखरा शाखाको बैंकिङ कारोबार हुनेछ । कार्यक्रम संचालन शोभा केसीले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
लगानीमा साझेदारी गर्न महानगर र ग्रीन बैंकबीच सम्झौता
अर्चलबोटमा नबिल बैंकको शाखा
बेस्ट फाइनान्सको साधारण सभा
प्रोगेसिभको क्युआर भुक्तानी सेवा
एनएमबी बैंकको ‘हेरिटेज वाक’
hero news full width
मुख्य समाचार
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
जेठ २३, २०८०नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०