पोखरा । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घामा अनुसन्धानमूलक साहित्यिक कार्यक्रम गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा र आदिकवि भानुभक्त जन्मस्थल विकास समिति तनहुँको संयुक्त आयोजनामा शनिबार साहित्यिक कार्यक्रम गरिएको हो
कार्यक्रममा सहप्राध्यापक अम्बिका भट्टराईले ‘तत्कालीन परिदृश्यमा भानुभक्त आचार्य’ शीर्षकको अनुसन्धान पत्रमार्फत् भानुभक्तको कवित्वशक्ति र सीमाबारे चर्चा गरे । भानुभक्तको आदिकवित्व, घाँसीसँगको सम्बन्ध, भानुभक्तको लेखन शिल्प र विचार पक्षबारे आएका तर्क र वास्तविकताका सन्दर्भलाई भट्टराईले अनुसन्धान पत्रमार्फत् खुलस्त पारे ।
कार्यक्रममा कास्की र तनहुँ जिल्लाका २ दर्जन बढी साहित्यकार तथा भाषाप्रेमीहरूले आदिकवि भानुभक्त, भाषा र साहित्यका विषयमा विमर्श गरे । सो अवसरमा चन्द्रमणि अधिकारी (विचल आस्थामणि), वसन्तप्रसाद चालिसे, डा.रघुनाथ न्यौपाने, डा.भूमिराज बस्ताकोटी, हीरादेवी शर्मा, मधुकला आचार्य, सुरज पौडेल, आनन्दमणि रिजाल, भानुभक्त आचार्य, विद्यावती शर्मा, बसुन्धरा आचार्य, हिममाया पौडेल, इन्दु पौडेल, रामबहादुर अधिकारीलगायतले विभिन्न विधाका सिर्जना र विचार व्यक्त गरे ।
प्रमुख व्यक्तित्व एवं सामाजिक धार्मिक अभियन्ता, व्यास पराशर कृतिका लेखक काशीनाथ न्यौपानेले द्वापर युगको चेदी देश अपभंश भएर चुँदी नाम रहन गएको, वेद व्यासको जन्मभूमि यही तनहुँ भएको र आदिकवि भानुभक्त वरदपुत्रका रूपमा जन्मिएका भन्ने तर्क प्रस्तुत गरे । भानु नगरपालिकाका उपप्रमुख उमा गोतामेले यस प्रकारको कार्यक्रमबाट नगरपालिकालाई भाषा साहित्यको नीति र योजना बनाउन सहयोग मिल्ने धारणा भन्दै कार्यक्रमको प्रशंसा गरिन् ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्माले कार्यक्रमको औचित्य र महत्वमाथि प्रकाश पार्दै अतिथिहरूलाई स्वागत गरे । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष ऋषिराम पन्तले कार्यक्रमबाट २ संस्थाबीचको सम्बन्धका आधारमा आदिकवि भानुभक्तबारे थप खोज र सिर्जना गर्न सहयोग मिल्ने बताए । कार्यक्रमको सहजीकरण समितिका निर्देशक शंकर रानाभाटले गरेका थिए । कार्यक्रमको समन्वय भानुभक्त आचार्यका सन्तति प्राडा शर्वराज आचार्यले गरेका थिए ।
औपचारिक कार्यक्रम समापनपछि सहभागीहरू भानुभक्त संग्र्रहालय, भानुभक्त पुस्तकालय, आदिकवि भानुभक्त जन्मेको ठाउँ रम्घा, रामायण भवन, भानुभक्त हुर्केको, खेलेको पुरण्डी पार्क, भानुभक्त र उनका परिवारले पानी खाएको बापी कुवा, भानुभक्तको कुलायन मन्दिर रहेको स्थान पुगेका थिए । उनीहरूले पट्केको बगैंचा, गजाधर सोती, गिरिधारी भाटलगायतसँगको सम्बन्ध तथा अहिले गुरुयोजनाका रूपमा रहेको भानु उद्यम केन्द्रको पनि अवलोकन र भावी योजनाका विषयमा जानकारी लिएका थिए ।
Related News
सम्बन्धित समाचार
अक्षरयात्राको १९९ औं कार्यक्रम मट्टीखानमा
बासु पुरस्कारबाट स्याङ्जाका ४ साहित्यकारलार्ई सम्मान
गीतकार विनोद गौचनको जन्मजयन्ती
साहित्यकार जनार्दनशरण त्रिपाठीको निधन
आमा २ पुस्तक विमोचन
hero news full width
मुख्य समाचार
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०