पोखरा । नेपाल नेत्रज्योति संघ कास्कीको आयोजना र पत्रकार महासंघ गण्डकी प्रदेश समितिको संयोजनमा भएको निशुल्क आँखा शिविरमा १ सय ८१ जना पत्रकारले आँखा जाँच गराएका छन् । तीमध्ये दृष्टिदोषको समस्या सबैभन्दा बढीमा देखियो । १ सय ५ जनामा आँखा सुख्खा हुने, पोल्ने समस्या देखिएको छ । उनीहरुलाई औषधी दिइएको छ । वातावरणीय प्रदुषणका कारण आँखामा समस्या बढी देखिने र कम्प्युटर स्क्रिनमा बढी समय काम गर्दा त्यस्तो समस्या देखिने हिमालय आँखा अस्पतालका नेत्र अधिकृत सुभाष नेपालले बताए ।
पढ्न लेख्न समस्या देखिएका कारण ३५ जनालाई नियर भिजन ग्लास भएको चश्मा उपलब्ध गराइएको छ भने नानी फुलाएर जाच्नु पर्ने (रेटिना फुलाउने) र आँखाका नानीहरुको नसा परीक्षण गर्नु पर्ने बिरामीलाई थप विस्तृत जाँचका लागि हिमालय आँखा अस्पतालमा रिफर गरिएको छ । रिफर भएका पत्रकारको थप स्वास्थ्य परीक्षण निशुल्क हुने हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले बताइन् ।
नेत्रज्योति संघ कास्कीका अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्ण गुरुङले शिविर उद्घाटन गर्दै समाजमा दिनरात खट्ने पत्रकारको आँखा स्वास्थ्यलाई स्वस्थ्य राख्ने उद्देश्यले निशुल्क शिविर आयोजना गरिएको बताए । हिमालय आँखा अस्पताल पोखराका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले अस्पतालले आम नागरिकका आँखा उपचार सेवामा पु¥याएको योगदानको चर्चा गर्दै सञ्चारकर्मीलाई सेवा दिन पाउदा गर्व लागेको बताइन् ।
शिविरको समन्वय संस्था पत्रकार महासंघ गण्डकी प्रदेश समितिका कावा अध्यक्ष गोविन्द सुवेदीले पत्रकारको छाता संस्थाको ६७ औं स्थापना दिवस उपलक्ष्यमा नेत्रज्योती संघको आयोजनामा भएको शिविरले पत्रकार महासंघ र नेत्रज्योति संघबीच थप सम्बन्ध प्रगाढ भएको बताए । पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकारको लागि बेलाबेलामा आँखा परीक्षण गरिहनुपर्ने सुझाइन् ।
प्रेस स्वतन्त्रता सेनानी पत्रकार नारायण कार्कीको आँखा परीक्षण गरी उद्घाटन गरिएको कार्यक्रमको सञ्चालन महासंघ गण्डकी सचिव यदुनाथ बञ्जाराले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आफ्नै भवन
अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
hero news full width
मुख्य समाचार
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०