लमजुङ । लमजुङमा रैथाने बालीबाट परिकार बनाउने तालिम सञ्चालन गरिएको छ । होमस्टेहरूमा रैथाने बाली प्रवद्र्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजक कृषि ज्ञान केन्द्रले जनाएको छ ।
रैथानेवालीको परिकारसम्बन्धी बेंसीसहरमा भएको तालिममा जिल्लाका ११ होमस्टेबाट १८ जना सहभागी थिए । उनीहरूलाई रैथाने बाली कोदो, जौ, फापर, किनो, कागुनोबाट परिकार बनाउने विधि सिकाइएको कृषि ज्ञान केन्द्रका अर्थविज्ञ एवं सूचना अधिकारी मदन रेग्मीले बताए । उनकाअनुसार राष्ट्रिय प्रयोगशालाका विज्ञ प्रवीन ओझाले प्रशिक्षण दिए ।
रैथाने बालीको महत्वसँगैे सेल रोटी, निम्किन, हलुवा केक, बिस्कुट, जौको दुनोट लगायत परिकारहरू बनाउन प्रयोगात्मक प्रशिक्षण दिइएको थियो । उनकाअनुसार रैथाने बालीमा प्रचूर पौष्टिक तत्व हुने, कम लगानीमा उत्पादन गर्न सकिने, अर्गानिक हुने भएकाले यसको महत्व बढेको छ ।
रैथाने बालीको संरक्षण र उपयोगलाई बढावा दिन तालिम आयोजना गरिएको ज्ञान केन्द्र प्रमुख सुदीप खतिवडाले बताए । उनकाअनुसार रैथाने बाली जलवायु अनुकूल बालीका रुपमा पनि लगाउन सकिने भएकाले महत्वपूर्ण बालीका रुपमा लिइन्छ । रैथाने बालीहरू लोप हुँदै गएकाले रैथाने बालीको प्रवद्र्धन र संरक्षणका लागि यो तालिमले सहयोग पु¥याउने कार्यालय प्रमुख खतिवडाले बताए ।
तालिम उपयोगी भएको भन्दै सहभागीले होमस्टेमा आउने पाहुनालाई स्थानीय बालीका नयाँ परिकार उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
Related News
सम्बन्धित समाचार
व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण
आरोहणको ७३ वर्ष : हर्जोगलाई सम्झँदै हिमाल जोगाउने चिन्ता
दीगो पर्यटनमा जोड दिँदै पाटा शिखर सम्मेलन सम्पन्न
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती
अन्नपूर्ण सेन्चुरी महोत्सव सुरु
hero news full width
मुख्य समाचार
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
जेठ २३, २०८०नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०