नवलपुर । पूर्वी नवलपरासीको विनयीत्रिवेणी ५, सर्दीमा फेला परेको बेवारिसे बम नेपाली सेनाले डिस्पोज गरेको छ । आइतबार स्थानीयले खेतमा काम गर्ने क्रममा माटोभित्र गाडिएको अवस्थामा ९ वटा ८१ एमएमएमोटर बम वन तथा पर्यावरण सुरक्षा गण कावासोतीबाट खटिएको सेनाको टोलीले डिस्पोज गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक डिएसपी सन्तोष पाठकका अनुसार सो बम निकै शक्तिशाली भएको र धेरै वर्ष पुरानो भएकाले आफैँ निस्क्रिय रहेको बताए । बम फेला परेको स्थान विकट पहाडी क्षेत्र भएकोले सुरक्षाकर्मी पुग्न समय लागेको उनले बताए । बम फेला परेको २४ घण्टापछि मात्र डिस्पोज गरिएको थियो ।
बाख्रा चराउन गएका गोठालाले जंगलमा पहिरो गएको ठाउँमा बम फेला पारेको स्थानीय रुकेश तमारुले बताए । ती बम माओवादी जनयुद्धका बेला सेना वा माओवादी लडाकुले छाडेको अनुमान छ ।
Related News
सम्बन्धित समाचार
रास्वपा पोखरा २६ गठन
सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता
मगर संघ बुढीबजारमा रामबहादुर
हेम्जा बोर्डिङमा जुरेस
कल्याण शेरचन प्रतिष्ठानमा पूर्णबहादुर
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०