पोखरामा कृषि विकास बैंकको वित्तीय साक्षरता

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७९
agro dev bank

पोखरा । कृषि विकास बैंकले पोखरामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकको गण्डकी प्रदेश कार्यालय पोखराले बिहीबार नयाँबजारस्थित गुरुकुल विद्यासदनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा कक्षा ११ मा अध्ययनरत ७० जना विद्यार्थीलाई बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठ र नेपाल राष्ट्र बैंक पोखरा शाखाकी निर्देशक आर्या जोशी तिवारीले वित्तीय साक्षरतासम्बधी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बैंकको विकास क्रम, बचत गर्ने बानी, बचतको महत्वलगायत विषयमा जानकारी दिइएको थियो । साथै बैंकले उपलब्ध गराउने कर्जाका प्रकार, निक्षेप तथा कर्जा, विभिन्न डिजिटल प्रडक्ट र वित्तीय अनुशासनका बारेमा सहभागीलाई जानकारी गराइएको थियो ।

गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रकाश कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कार्यालय, पोखराका वरिष्ठ शाखा प्रमुखहरु कृष्णकुमारी पौडेल, महेश पौडेल, भीम सुवेदीलगायत अन्य कर्मचारीको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width