पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ नभनी आवागमन शब्द प्रयोग गर्न आग्रह गरेका छन् । आइतबार गोरखा आएका राष्ट्रपति पौडेलले ‘सवारी’ शब्द सामान्तवादको प्रतीक भन्दै ुआवागमनु शब्दको प्रयोग गर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘देशमा गणतन्त्र आएको छ। राजतन्त्र र गणतन्त्रको राष्ट्राध्यक्षमा केही फरक हुन्छ भन्ने विषयलाई हेक्का राख्छु भनेर मैले भनेको थिएँ । अघिपछि गाडीको सन्दर्भमा सवारी प्रयोग गरे पनि भ्रमणको सन्दर्भमा प्रयोग नगरौं। आवागमन शब्द प्रयोग गरे हुन्छ । सवारी आगन्तुक शब्द हो, फरासी शब्द हो । सवारी समान्तवादको प्रतीकको रुपमा लिइएको हुनाले त्यसलाई नयाँ रुपमा प्रस्तुत गरौंं । आवागमन शब्दलाई प्रयोग गरौं भनेर भन्ने अनुरोध गर्न चाहन्छु ।’
काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा गोरखा आएका राष्ट्रपति पौडेलले गोरखामा करिब दुई घण्टा बिताए । उनले ठूलो आँगन र गोरखा दरबारमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए भने गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाआजा गरेका थिए । त्यसैगरी संग्रहालयको अवलोकन पनि गरेका थिए।
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पहिलो पटक काठमाडौं बाहिरको भ्रमणका लागि आएका हुन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
कल्याण शेरचन स्मृति प्रतिष्ठानमा क्या.पूर्णबहादुर
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
जेठ २१, २०८०पोखराबाट कांग्रेस नेतृत्वलाई खबरदारी : पार्टीको चाल, चेहरा र चरित्र फेर्न रुपान्तरण अभियान
जेठ २०, २०८०ओलम्पियनहरु पोखरामा भेला
जेठ २०, २०८०