पोखरा । गृह मन्त्रालयले केही सहसचिवसहित ३५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । वरिष्ट उपसचिव सिडिओ भएका जिल्लाहरुमा सहसचिव नै पठाए गण्डकीका बागलुङ, पर्वत र लमजुङका सिडिओ फेरिएका छन् ।
लमजुङका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीलाई सहायक प्रमुख जिल्ला अधिकारी दोलखा, पर्वतका प्रमुख जिल्ला अधिकारी चित्रांगत बराललाई बागलुङको सहायक प्रमुख जिल्ला अधिकारी, बागलुङका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय पर्वतको सहायक प्रमुख जिल्ला अधिकारी र
गृहमन्त्रीको जिम्मेवारीमा सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयमा जगेडामा रहेका केही सहसचिव र उपसचिवको सरुवा गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालय सरुवा भएर आएका सहसचिव महादेव पन्थलाई मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालय सरुवा भएर जगेडा बस्दै आएका सहसचिव रुद्रसिंह तामाङलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ ।
सूची अनुसार सहसचिव मेखबहादुर मगरातीलाई जिल्ला प्रशासन कार्यालय पाँचथर, रामकृष्ण अधिकारीलाई लमजुङ, जय कुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, वेदप्रसाद खरेललाई सल्यान, मदन कोइरालालाई प्युठान र रामकुमार महतोलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।
यस्तै थानेश्वर गौतमलाई धनकुटा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अनिता निरौलालाई जिल्ला प्रशासन कार्यालय रामेछापको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलाई जिल्ला प्रशासन कार्यालय जुम्लाको सहायक प्रमुख जिल्ला अधिकारी, धनकुटाका लीलाकुमारी केसीलाई पाँचथरको सहायक प्रमुख जिल्ला अधिकारीमा (काज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण), दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौड्याललाई जिल्ला प्रशासन कार्यालय इलामको सहायक प्रमुख जिल्ला अधिकारी, रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीलाई जिल्ला प्रशासन कार्यालय बैतडीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गर्दै काजमा एनडिआरआरएमा काज राखिएको छ ।
प्युठानका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
Related News
सम्बन्धित समाचार
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
hero news full width
मुख्य समाचार
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०