पोखरा । फेवा पर्यटन विकास समितिको चौंथो साधारण सभा तथा दोस्रो अधिवेशनले अर्जुन सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा नीरञ्जन खत्री, सचिव शिव थापा, कोषाध्यक्ष गोपीलाल तिमिल्सिना तथा ९ सदस्य छन् ।
१ सय जना सदस्य रहेको संस्था पोखरा १८ को तल्लो भूभागभित्र छरिएर रहेका होटल, रेस्टुरेन्ट, क्याफे तथा गेस्ट हाउस समेटेर २०७५ सालमा स्थापना भएको हो । संस्थाको कार्य क्षेत्र गौराको चैतारादेखि पामेसम्म पर्छ । संस्थाले डुंगाघाट सञ्चालन गर्नुका साथै सडकबत्ती जडान, ध्वनी प्रदुषण कम गर्न आवश्यक अध्ययन लगायतका सामाजिक कार्य गर्दै आएको छ ।
कार्यक्रममा वडा सदस्य कल्पना ढकाल, स्थानीय महेन्द्रगोपाल थापा, पशुपति थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सभाका उद्घाटन गर्दै वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले फेवातालको संरक्षण गर्न व्यवसायीहरुसँग वडा सधैँ हातेमालो गर्ने बताए । उनले वडाले पर्यटकीय क्षेत्रभित्र प्लास्टिकका बोत्तलहरु बेच्न निषेध गर्ने तयारी गरेको बताए ।
पोखरा पर्यटन परिषद्का सचिव हरि भुजेलले पर्यटन प्रवद्र्धनका लागि विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षित गर्नुपर्ने बताए । होटल र रेस्टुरेन्ट व्यवसायको लक्ष्य नै ग्राहकलाई न्यायो आतिथ्यता र गुणस्तरीय सेवा दिनु नै भएको उनको भनाइ छ । माछा महोत्सवको परिकल्पना गरेर सुरुवात गर्नुपर्ने भुजेलको सुझाव छ ।
संस्थापक संरक्षक एवं पूर्व वडाध्यक्ष रणबहादुर थापाले वडाका विभिन्न क्षेत्रमा पैदलमार्ग अतिक्रमण भइरहेको र स्थानीय सरकार र स्थानीयको पहलमा पूर्न सुचारु गर्नु पर्ने बताए ।
कार्यक्रम फेवा पर्यटन समिति अध्यक्ष रामकुमार राईको अध्यक्षतामा भएको हो । संस्थाको पहलमा खपौदीमा डुंगाघाट निर्माण गरी सञ्चालन आएको छ ।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण आरोहण दिवसमा अन्नपूर्ण म्याराथन हुँदै
रिसोर्टबाट संस्कृति जोगाउने जुक्ति
भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ
चुमशताब्दी श्याग्या महोत्सव २०८०’ को उद्घाटन- समारोह हेर्नुहोस तस्बिरमा
चिनियाँ पर्यटकको प्याराग्लाइडिङ उडान
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०