पोखरा । नेपाल शिक्षक संघ कास्की अध्यक्षमा राजु क्षत्री निर्वाचित भएका छन् । बिहीबार साँझ निर्वाचन प्रक्रियामा उनीसहित जिल्ला र पोखरा महानगरको कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
जिल्लाको उपाध्यक्षमा गीता भण्डारी र पुरुषोत्तम सापकोटा, सचिवमा तारानाथ भण्डारी, सचिव अर्थमा निर्मल आचार्य, सहसचिवमा द्रोण सुवेदी, सहसचिव महिलामा सञ्जु शर्मा, सहसचिव अर्थमा राधिका भण्डारी बास्तोला र सहसचिव समावेशीमा जूनकिरी दर्जी र निर्मला मानन्धर चयन भए । सदस्यमा गुरु सापकोटा, श्रीकृष्ण सिग्देल, हरिप्रसाद गौतम, थमनारायण चापागाईं, सीता पौडेल र सावित्री अर्याल चयन भए ।
नवनिर्वाचित टिमलाई निर्वाचन संयोजक शम्भुराज बास्तोलाले शुक्रबार पद तथा गोपनीयताको सपथसहित पदस्थापन गराए । नवनिर्वाचित अध्यक्ष क्षत्रीले समय, समाज र संसार परिवर्तन भइरहेको अवस्थामा शिक्षा र शिक्षक त्यही अनुसारमा रुपान्तरण हुनुपर्ने बताए । अधिवेशन उद्घाटन नेपाली कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माले गत ४ चैतमा गरेका थिए ।
यसैगरी, नेपाल शिक्षक संघकै पोखरा महानगर अध्यक्षमा किरणबाबु न्यौपाने निर्वाचित भएका छन् । उपाध्यक्षमा शर्मिला बराल र इन्दिरा अधिकारी, सचिवमा जीतबहादुर बराल, सचिव अर्थमा श्रीराम बराल चयन भए । सहसचिवमा नवराज आचार्य, सहसचिव अर्थमा रामचन्द्र लामिछाने, सहसचिव महिलामा विमला लम्साल, सहसचिव समावेशीमा पार्वती श्रेष्ठ र दुर्गा गुरुङ चयन भए । सदस्यमा सन्तोष अधिकारी, एलिसा केसी, कृष्णप्रसाद तिमिल्सिना, ओमकार राज पाण्डे, सूर्यप्रसाद तिमिल्सिना, कृष्णबहादुर रानाभाट चयन भए ।
Related News
सम्बन्धित समाचार
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
hero news full width
मुख्य समाचार
सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०