पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायीहरु सफल भएमात्र समृद्ध नेपाल बन्न सक्ने बताएका छन् । होटल पौवाको पोखरामा ११ औं शाखा शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले व्यवसायीको सफलताले नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो भने ।
उनले सामूहिक लगानीबाट गरिएको व्यवसायले देशमा रोजगारी सिर्जना गर्ने दाबी गरे । ‘मुलुक राजनीतिक अस्थिरतामा फसेको छ, युवाहरु विदेश पलायनमा लागेका छन्,’ मुख्यमन्त्री अधिकारीले भने, ‘सामूहिक लगानीमा सुरु गरेको व्यवसायले देशमा रोजगारी अवसरसँगै व्यापार व्यवसायले मुलुकको सुखी नेपाली समृद्ध नेपालमा सहयोग पुग्दछ ।’
अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले राजनीतिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको बताए । ‘राजनीतिककर्मी देश सञ्चालनभन्दा राजनीतिक भागबन्दामा लाग्दा नागरिकले नेपालमा भविष्य देखेनन्,’ उनले भने, ‘राजनीतिकर्मीहरुले देश सञ्चालनमा ध्यान नदिँदा राजनैतिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको छ ।’
मिसन १०० को यात्रामा रहेका होटल पौवाले सातौं वर्ष अन्तरालमा लेकसाइडमा आफ्नो ११ औं शाखा सञ्चालन ल्याएको होटलका निर्देशक विष्णु ज्ञवालीले बताए । रुपन्देहीको सालझण्डीबाट सुरु गरेको यात्रा आगामी दिनमा १२ औं शाखा काठमाडौंमा खोल्ने उनले बताए । पोखरा शाखामा करिब १० करोडको लगानी रहेको होटल पौवा प्रालिले जनाएको छ । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको छ ।
उद्घाटन अवसरमा ३ दिनसम्म होटलमा स्वाद उत्सव मनाइने छ । शनिबार गजलकार थानेश्वर गौतमको एकल साँझ समेत आयोजना गरिएको होटल व्यवस्थापनले जनाए ।
आतिथ्य सेवामा प्रालिले हालसम्म झन्डै ६० करोड लगानी गरिसकेको होटलका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । होटलका देशभरका शाखामा ३ सय जना बढीले रोजगारी पाएको उनको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
आरोहणको ७३ वर्ष : हर्जोगलाई सम्झँदै हिमाल जोगाउने चिन्ता
दीगो पर्यटनमा जोड दिँदै पाटा शिखर सम्मेलन सम्पन्न
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती
अन्नपूर्ण सेन्चुरी महोत्सव सुरु
पोखरामा पाटाको वार्षिक शिखर सम्मेलन तथा एड्भेन्चर मार्ट
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०