पोखरा । गण्डकी प्रदेश सरकारको सत्ताघटक नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको छ । शुक्रबार दिउँसो पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । साथै पार्टीबाट २ जना मन्त्रीहरुले पनि शुक्रबार नै मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने तयारी छ ।
राष्ट्रपति निर्वाचनमा पार्टीले गठबन्धन तोडेर कांग्रेस लगायतका दलसँग गठबन्धन कायम गरेपछि राजनीतिक क्षेत्रमा नयाँ तरंग उत्पन्न भएको हो । त्यसको बाछिटा गण्डकी प्रदेशमा पनि परेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्देशन दिएसँगै एमाले सरकार अल्पमतमा परेको हो । गण्डकीमा एमालेले सरकारको नेतृत्व गरेको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई माओवादीबाट मन्त्री बनेकाहरु भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले राजीनामा दिन लागेका छन्।
Related News
सम्बन्धित समाचार
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०