पोखरा । लागुऔषधको मौखिक प्रतिस्थापन उपचार (ओएसटी) पद्धतिको प्रभावकारी कार्यान्वयनका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याइएको छ ।
कम्युनिटी सपोर्ट ग्रुप नेपालले बिहीबार पोखरामा आयोजना गरेको सरोकारवालाहरूसँगको समन्वयतात्मक बैठकमा कार्यक्रमलाई वृहत र प्रभावकारी रुपमा अगाडि बढाउन समाजका धेरै पक्षको सहकार्य आवश्यक पर्ने विषयमा चर्चा गरिएको थियो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा २०६६ जेठदेखि ओएसटी कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसप्रकारको कार्यक्रमलाई जनस्तरमा पु¥याउन सम्बन्धित सबै पक्ष समन्वयात्मक रुपमा अगाडि बढ्नुपर्ने र तल्लोस्तर सम्म नै कार्यक्रमबारे जानकारी पु¥याउन सके क्षति न्यूनीकरणमा बल पुग्ने विषयमा छलफल गरिएको थियो ।
यो उपचार पद्धति नेपाल सरकारको लागूऔषध मौखिक प्रतिस्थापन उपचार पद्धति निर्देशिका २०७० अनुसार गरिन्छ । यस उपचार पद्धतिले सुइद्वारा लागुऔषध सेवनकर्ताको संख्या कम गर्दछ । सुईद्वारा लागुऔषध प्रयोगकर्ताहरू बिच सुई÷सिरिन्जको साझा प्रयोगबाट हुनसक्ने एचआइभी संक्रमणको जोखिम कम गर्दछ साथै एचआइभी संक्रमितहरुको एआरभी सेवामा निरन्तरता बढाउँछ ।
यस उपचार पद्धतिले सुइद्वारा लागुऔषध सेवनकर्ताको संख्या कम गर्दछ
यो उपचार पद्धति अफिमजन्य लागूऔषधको लत लागेका वा निर्भर भएका व्यक्तिहरूका लागि नेपाल सरकारद्वारा स्वीकृत एक सुरक्षित र दीर्घकालीन उपचार पद्धति भएको अस्पतालमा सञ्चालित ओएसटी कार्यक्रमका संयोजक डा. राजन शर्माले जानकारी दिए । उनका अनुसार नेपालमा यस उपचार पद्धतिमा मेथाडोन र ब्युप्रिनर्फिनको प्रयोग गरिन्छ । यो उपचार पद्धति क्षति–न्यूनीकरण पद्धतिको एक भाग हो ।
मौखिक प्रतिस्थापन पद्धति डाक्टर तथा तालिमप्राप्त स्वास्थ्य कर्मचारीको प्रत्यक्ष निगरानीमा दैनिक सेवन गराइन्छ । मौखिक प्रतिस्थापन उपचार पद्धति सेवा लिने व्यक्तिलाई लागुऔषध प्रयोगकर्ता मानिदैन । हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल स्थित ओएसटी केन्द्रमा मेथाडोन र ब्युप्रिनर्फिन प्रदान गरी एक सय जनालाई निशुल्क सेवा प्रदान हुँदै आएको कम्प्युनिटी सपोर्ट ग्रुप पोखरा– ओएसटी कार्यक्रम अधिकृत रचना शाही ठकुरीले जानकारी दिइन् । नाफारहित, गैरसरकारी संस्थाको रुपमा सिएसजीले कास्की, तनहुँ, स्याङ्जा र पर्वत जिल्लामा विगत करिब दुई दशकदेखि एचआईभी र लागुऔषधको सवालमा अनवरत रुपमा कार्य गर्दै आइरहेको उनले बताइन् । कार्यक्रमको सन् २०२२ को वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरिएको उनले जानकारी दिइन् ।
ओएसटी. निरन्तर प्रयोग गर्दा लागुऔषधको तलतल मेटिने, लागुऔषधी सेवन गर्न नपाउँदा देखापर्ने शारीरिक कष्टकर लक्षणहरू कम हुने, सुईद्वारा लागुऔषध प्रयोग गर्दा हुनसक्ने स्वास्थ्य जटिलताहरूमा न्यूनता आउने जनाइएको छ । ओभरडोजको कारण हुन सक्ने मृत्युको जोखिमलाई कम गर्ने, घरेलु हिंसा कम भई परिवारमा मेलमिलाप र मायाप्रेम बढ्ने, आपराधिक व्यवहारलाई कमी आउने, व्यक्तिको जीवनस्तर बढ्नाका साथै उत्पादकत्व बढाउने र व्यक्तिको सामाजिक तथा आर्थिक अवस्था राम्रो बनाउन सहयोग गर्ने जस्ता फाइदा पनि रहेका छन् । एआरटी, क्षयरोग उपचार, एचआइभी तथा हेपाटाइटिस बी, सी जस्ता रगतजन्य संक्रमणबाट बचाउन पनि सहयोग पुग्छ । कार्यक्रममा अस्पतालस्थित ओएसटी कार्यक्रमका लजिस्टिक अफिसर ज्ञानीप्रसाद बरालले पनि भनाइ राखेका थिए ।
Related News
सम्बन्धित समाचार
फेवातालमा एक युवक मृत फेला, २ दिनसम्म भएन पहिचान
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार
रास्वपा पोखरा २६ गठन
सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता
hero news full width
मुख्य समाचार
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०