पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि समिति अन्तर्गत विभिन्न उपसमिति गठन गरिएको आयोजक होटल संघ पोखरा नेपालले जनाएको छ ।
अगाामी २९ चैतदेखि १ वैशाखसम्म अम्मटदेखि हल्लनचोकसम्मको सडकमा सो महोत्सव हुन लागेको छ । लेकसाइडका विभिन्न स्ट्रिट अन्तर्गत होटल समेट्ने गरी एरिया संयोजक तोकेर काम अगाडि बढाइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । महोत्सवका संयोजक समेतका रहेका सुवेदीले सल्लाहकारसहितको बैठकले उपसमितिका संयोजक र एरिया संयोजकहरु तोकेको हो ।
अध्यक्ष सुवेदीले अहिले होटलहरुमा ८० देखि ९० प्रतिशत अकुपेन्सी हुनुपर्नेमा पर्यटकीय सिजनमा नै आएर १५ देखि २० प्रतशित मात्र अकुपेन्सी हुँदा होटललाई संचालन खर्च धान्न पनि मुस्किल परेको बताए । गत माघ १ गते पोखरामा भएको यति एयरको जहाज दुर्घटनाका कारण पनि पर्यटनमा नकारात्मक असर परेको उनले स्मरण गराए ।
कार्यक्रममा होटल संघ नेपालका केन्द्रीय सदस्य एवं संघ पूर्व अध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षण नै महोत्सवको मूल उद्देश्य भएको बताए । यतीको जहाज दुर्घटनाले पर्यटनमा नकारात्मक असर परेको बताउँदै उनले सिजनको बेला होटलको अकुपेन्सी २० प्रतिशत हुनु दुखद भएको जनाए ।
संघका सल्लाहकार विश्वशंकर पालिखेले महोत्सवमा नयाँपन दिन सके यसले सफलता प्राप्त गर्ने बताउँदै चिनिया संस्कृति सम्बन्धि कार्यक्रमलाई पनि महोत्सवमा समेट्न सुझाव राखे । अर्का सल्लाहकार गोविन्दराज पहारीले पर्यटन क्षेत्र संवेदनशील उद्योग भएको बताउँदै यसलाई जोगाउन सकारात्मक पक्षको उजागर गर्नुपर्ने सुझाव राखे । सल्लाहकार लक्ष्मीबहादुर भट्टराईले सुत्ने बेला बैंकले साँवा र ब्याजको ताकेता गर्दा व्यवसायी अफ्ठ्यारोमा परेको दुखेसो पोखे ।
कोरोनाबाट थला परेको पर्यटन पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव आयोजना गरिएको हो । महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था छ । अंग्रेजी नयाँ वर्षजस्तै नेपाली नयाँ वर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवले मुख्य जोड दिने छ । फेवातालको संरक्षणमा समेत महोत्सवले सन्देश प्रवाह गर्ने संघको विश्वास छ । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका उपसंयोजक दीपक श्रेष्ठ, महासचिव राजेन्द्र ढकाल र निवर्तमान अध्यक्ष विकल तुलाचनले पनि बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक भ्रमण
आरोहणको ७३ वर्ष : हर्जोगलाई सम्झँदै हिमाल जोगाउने चिन्ता
दीगो पर्यटनमा जोड दिँदै पाटा शिखर सम्मेलन सम्पन्न
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती
अन्नपूर्ण सेन्चुरी महोत्सव सुरु
hero news full width
मुख्य समाचार
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०