पोखरा । फुटबलका पूर्व राष्ट्रिय खेलाडी डम्बरसिंह गुरुङको निधन भएको छ । पोखरा ३, नदीपुर निवासी गुरुङको ७१ वर्षको उमेरमा बुधबार मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । पछिल्लो समय उच्च रक्तचापबाट पीडित उनलाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
बेलायती सेनामा कार्यरत रहँदा उनी नेपाली राष्ट्रिय टिमबाट ओलम्पिक क्वालिफायर राउन्डमा कुवेतविरुद्ध फुटबल खेलेका थिए । फुटबलमा उत्कृष्ट प्रदर्शन देखेरै राखेपका तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले सन् १९७४ मा उनलाई नेपाली राष्ट्रिय फुटबल टिममा अनुबद्ध गराएका थिए । सन् १९८२ को एसियन गेम्समा समेत नेपालको प्रतिनिधित्व गरेका गुरुङ आरसिटी क्लबमा पनि आवद्ध थिए । सन् १९८२ मा उनी आबद्ध आरसिटी क्लब राष्ट्रिय लिगमा लिग च्याम्पियन समेत बनेको थियो । उनी एएफसीको आधिकारिक प्रतियोगिता यु–१६ एसियन युथमा समेत नेपाली राष्ट्रिय टिमको सदस्य थिए ।
उनी सन् १९७४ मा यु–१९ को टिमबाट फुटबल खेलेका थिए । ब्रिटिस आर्मीबाट सेवा निवृत्तपछि सन् १९६६ मा नेपालको यु–१४ र यु–१६ को प्रशिक्षक बनेका थिए । यस्तै, एपिएफ र त्रिभुवन आर्मी क्लबको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
पछिल्लो समय ‘डम्बरगुरु’ उपनामबाट परिचित उनी खेलकुदसँगै सामाजिक अभियानमा पनि उत्तिकै सक्रिय थिए । केटाकेटीलाई उनी असाध्यै माया गर्थे । केटाकेटी पनि उनी भनेपछि हुरुक्क हुन्थे । ३ वर्ष पहिले उनलाई मस्तिष्कघात भएपछि टाउकोको शल्यक्रिया गरिएको थियो । उनी पोखरामै आराम गरिरहेका थिए ।
बेलायती सेनाबाट सेवानिवृत्तपछि उनले सहारा एकेडेमीमा आश्रित बालकहरुलाई सुरुआतका ६ वर्षसम्म निशुल्क फुटबल सिकाएका थिए । उनको निधनले पोखराको खेलजगत्मा अपुरणीय क्षति पुगेको भन्दै सहारा क्लब पोखरातर्फबाट महासचिव रामजीप्रसाद अधिकारीले शोकविज्ञप्ति जारी गर्दै दुख व्यक्त गरेका छन् ।
स्व. गुरुङका श्रीमती, १ छोरा र ३ छोरी छन् । उनका छोरा विदेशबाट फर्केपछि शनिबार मात्र अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
रास्वपा पोखरा २६ गठन
सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता
मगर संघ बुढीबजारमा रामबहादुर
हेम्जा बोर्डिङमा जुरेस
कल्याण शेरचन प्रतिष्ठानमा पूर्णबहादुर
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०