पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७९
GPTA Photo

पोखरा । वार्षिक योजना, नीति तथा कार्यक्रम र बजेट बनाउने क्रममा ३ तहको सरकारबीच समन्वय र सहकार्य नभएको धेरैको गुनासो छ । जसले गर्दा धेरैजसो योजना ‘डुब्लिकेसन’ भएर अलपत्र भएका पाइन्छन् ।

संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य नहुँदा काम गर्न गाह्रो परेको लमजुङको क्व्होलासोथार गाउँपालिका लमजुङका प्रमुख सूर्य गुरुङ गुनासो गर्छन् । ‘योजना, नीति तथा कार्यक्रम र बजेट बन्ने क्रममा सबैभन्दा ठूलो समस्या भनेको ३ तहको सरकारबीच समन्वय र सहकार्य छैन,’ उनले भने, ‘यसले गर्दा धेरै ठाउँमा समस्या छ ।’ छलफलका माध्यमबाट संघ, प्रदेश र स्थानीय तहको योजना छुट्याएर काम गर्दा सहज हुने उनको तर्क छ । उनको जस्तै समस्या गण्डकीका ८५ वटै स्थानीय तहहरुमा छ ।

समाधानका लागि यस विषयमा छलफल गर्न गण्डकीका ८५ वटै स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बिहीबार पोखरामा भेला भए । भेलाको चाँजोपाजो गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले मिलाएको हो । स्थानीय तहमा आवधिक विकास योजना, राजस्व सुधार कार्ययोजना, क्षमता विकास योजना एवं लैंगिक समानता सामाजिक समावेशीकरण रणनीति निर्माण र कार्यान्वयन अवस्थाको विषयमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच छलफल भएको हो ।

गण्डकीका ८५ स्थानीय तहका प्रमुख पोखरामा

छलफलले स्थानीय तहमा शासकीय सुधार र क्षमता अभिवृद्धिका क्षेत्र सुधारको झिल्का दिनेका काम गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे बताउँछन् । छलफलले तर्जुमा भएका योजनाको समीक्षा गर्नुपर्ने, नबनेका योजना संघीय र प्रदेश सरकारको आवधिक योजनासँग तालमेल मिल्ने बनाउनुपर्ने निष्कर्ष निस्किएको पाण्डेले जानकारी दिए । ‘पालिकाहरुको शासकीय सुधार र क्षमता अभिवृद्धिका लागि आवधिक योजना, मध्यमकालीन खर्च संरचना रावस्व सुधार कार्ययोजना लगायत डकुमेन्ट बनाएर जानुपर्ने भन्ने निष्कर्ष निस्कियो,’ उनले भने, ‘रावस्व दायरा बढाएर जानुपर्ने तर पालिकाहरुले सम्भावनालाई बढाएर आन्तरिक आय बढाउन कदम चाल्नुपर्ने भन्ने भयो ।’ मध्यमकालीन खर्च संरचनाका लागि थप काम गर्नुपर्ने सबै पालिकाहरुको निष्कर्ष निस्किएको उनले बताए ।

पाण्डेले पालिका तहमा भएका आवधिक योजना, राजस्व बाँडफाँट, विकास निर्माण विषयमा प्रस्तुति राखेका थिए । प्रतिष्ठानले अहिलेसम्म ३ सय ७१ तालिम संचालन गरेको छ भने ती तालिमबाट १४ हजार ७ सय ५८ जना प्रशिक्षित भइसकेका छन् । चालु आवमा मात्रै ८७ तालिम संचालन भइसकेको र त्यस तालिममा २ हजार ९ सय ४४ जना सहभागी भएको प्रतिष्ठानका कार्यकारी निर्देशक पाण्डेले जानकारी दिए ।

यस्तै, प्रतिष्ठानले प्रदेश या पालिकामा कार्यरत कार्यालय सहयोगी, चालक र सुरक्षाकर्मीको लागि कार्यक्षेत्र तोकी कार्यसम्पादन सम्बन्धी कार्यविधि बनाइएको उनले बताए । कार्यक्रममा प्रदेशका आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासले प्रविधिमा कार्य गरिए पनि प्रदेश स्वयं पूर्ण नभएको बताइन् ।

गण्डकी प्रदेश प्रमुख सचिव रविलाल पन्थले प्रदेश र स्थानीय तहका अनुभव आदानप्रदानमा सहयोग मिल्ने बताए । पोखरा महानगरका प्रमुख धनराज आचार्यले पालिकाबीच सहकार्य आवश्यक रहेकामा जोड दिए । उनले प्रदेशभर धेरै ऐन बनाउने पालिका पोखरा महानगर नै रहेको बताए ।

Related News

सम्बन्धित समाचार

  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…

hero news full width