पोखरा । पोखराकी रन्जना गुरुङ बिहीबार क्षयरोग उपचार केन्द्र पोखरामा भेटिइन् । भाइको लागि क्षयरोगको औषधी लिन त्यहाँ पुगेकी थिइन् । नाम सार्वजनिक गर्न भने उनी डराइएकी थिइन् । कारण थियो, समाजबाट हुने तिरस्कार । उनको मनमा अझै पनि क्षयरोग लागेको थाहा पाए समाजबाट तिरस्कृत हुनपर्ने हो कि भन्ने भय रहेछ ।
निशुल्क क्षयरोगको औषधी वितरण गर्न पोखरा महानगरबाट खटिएकी अहेव अनिता गिरी पनि औषधी लिन आउनेहरु आफ्नो रोगका बारेमा अरुले थाहा नपाओस् भन्ने चाहना राख्ने गरेको सुनाउँछिन् ।
उनका अनुसार पोखरामा ५४ वटा डट्स सेन्टर रहेकोमा त्यहाँबाट औषधी लिनेहरु परिचय गोप्य नै राख्छ चाहन्छन् । पोखराभर ३ सय ५० को हाराहारीमा क्षयरोगका बिरामीले नियमित औषधी लिने गरेको उनको भनाइ छ ।
यता, क्षयरोग उपचार केन्द्र पोखराका नि. निर्देशक अरुणकुमार झाले क्षयरोग पहिलेको जस्तो नरहेको बताउँछन् । क्षयरोग पनि अरु रोगजस्तै सामान्य भइसकेकाले डराउनुपर्ने नरहेको उनको भनाइ छ । नियमित ६ महिनासम्म औषधि सेवन गरेपछि पहिलो चरणको क्षयरोग निको हुने उनले बताए । ‘अहिले त धेरै मानिसहरु सजग भइसके । कुनै–कुनैको अझै पनि पहिलाको जस्तो मानसिकता होला,’ उनले भने, ‘तर डराउनु पर्दैन टिभी अब सरल भइसक्यो ।’
क्षयरोग निको हुने रोग भए पनि सजग भने हुनुपर्नेमा उनले सचेत गराए । गण्डकी यस आर्थिक वर्षमा १ हजार २ सय ५६ क्षयरोगी बिरामी फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चालु आवको फागुनसम्म ७ सय ९१ पुरुष र ४ सय ६५ महिलामा क्षयरोग भेटिएको हो । तीमध्ये सबैभन्दा बढी कास्कीका ३ सय ६ छन् ।
नवलपरासीमा २ सय ९१, स्याङ्जामा १ सय ५२, तनहुँमा १ सय ५०, बाग्लुङमा १ सय २३ जना र गोर्खामा १ सय ३ जनामा क्षयरोग देखिएको हो । लमजुङमा ४८ जना, पर्वतमा ४३ जना, म्याग्दीमा ३३ जना नयाँ बिरामी थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका क्षयकुष्ठ निरीक्षक राजेशकुमार यादवले बताए । मनाङमा ३ र मुस्ताङमा ४ क्षयरोगी भेटिए । गण्डकीमा अघिल्लो आवमा २ हजार ५ सय ४२ बिरामी थिए ।
Related News
सम्बन्धित समाचार
प्रेस चौतारी कास्कीको ११ बुँदे पोखरा घोषणापत्र
कुँडहर आधारभूत स्कुलमा रोपियो फूलका बिरुवा
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पोखरा इन्टरनेटको फाइबर क्लिन अप सुरु
hero news full width
मुख्य समाचार
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०