फाइल तस्बिर
पोखरा । बर्सेनि विवाद भइरहने सांसद विकास कार्यक्रमलाई गण्डकी सरकारले यो वर्ष पनि निरन्तरता दिएको छ । चालु आर्थिक वर्षको बजेटमा नै प्रत्येक निर्वाचन क्षेत्रका लागि २ करोडका दरले बजेट विनियोजन गरिएको थियो । यसअघि ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ शीर्षक राखिएकामा अहिले नाम फेरेर ‘पूर्वाधार विकास कार्यक्रम’ ल्याइएको हो ।
यो कार्यक्रम कार्यान्वयनका लागि फागुन २१ गतेको मन्त्रिपरिषद् बैठकबाट कार्यविधि पारित भइसकेको छ । हरेक निर्वाचन क्षेत्रमा २ करोड रुपैयाँ बजेट सांसद्ले बाँड्न पाउने गरी विनियोजन गरेको हो । उक्त बजेट कार्यान्वयनका लागि कार्यविधि निर्माण गरिएको अर्थ सचिव विष्णुप्रसाद शर्माले जानकारी दिए ।
‘बजेट विनियोजन भएपछि कार्यान्वयन गर्नुपर्छ । त्यसका लागि कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएको छ,’ उनले भने, ‘अब माननीय ज्यूहरुले कार्यक्रम प्रस्ताव गर्नुहुन्छ । सरकारले स्थलगत अध्ययन गरेर बजेट विनियोजन गर्छ ।’ कार्यविधि अनुसार सडक निर्माण र स्तरोन्नति, कृषि आधुनिकीकरण, उत्पादनमूलक उद्योग स्थापना, तटबन्ध तथा नदी नियन्त्रण, खानेपानीका योजना, फोहोर व्यवस्थापन, स्वास्थ्य, शिक्षा, पर्यटन र खेलकुदका क्षेत्रमा सांसदले बजेट विनियोजन गर्न पाउने छन् । यसअघि स्थानीय तहले आफूहरुसँग समन्वय नभएको गुनासो निरन्तर गरेका कारण कार्यविधिमै छनोट भएका कार्यक्रमहरुको जानकारी स्थानीय सरकारलाई दिनुपर्ने व्यवस्था गरिएको छ ।
प्रत्यक्ष सांसदको भागमा ६० र समानुपातिकलाई ४० प्रतिशत हुने गरी रकम विनियोजन गर्ने मौखिक सहमति
स्थानीय तहसँगको समन्वयमा कम्तीमा २५ लाख रुपैयाँ लागत पर्ने आयोजना मात्रै छनोट गर्नुपर्ने छ । तर अधुरा योजनामा भने २५ लाखभन्दा साना कार्यक्रम पनि बनाउन पाइने अर्थ सचिव शर्माले जानकारी दिए । २ करोडमध्ये कम्तीमा एउटा आयोजना ५० लाखको हुनुपर्ने छ भने १० भन्दा बढी आयोजना प्रस्ताव गर्न पाइने छैन । योजनाहरु एउटै क्षेत्रको पनि छनोट गर्न पाइँदैन । कार्यक्रम छनोट गर्दा विवाद सिर्जना भएमा प्रत्यक्ष निर्वाचित सांसदले समानुपातिक सांसदको समन्वयमा कार्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा पठाउने कार्यविधिमा उल्लेख छ । सरकारले पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन गर्नकै लागि समानुपातिक सांसदहरुलाई चैत ७ भित्र आफ्नो निर्वाचन क्षेत्र रोज्न समय दिएको थियो ।
सबै समानुपातिक सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र रोजिसकेका मुख्यमन्त्री कार्यालयले जनाएको छ । सांसदहरुले बजेट बाँड्दा प्रत्यक्षले ६० प्रतिशत र बाँकी ४० प्रतिशत सबै समानुपातिक सांसदले वितरण गर्ने गरी मौखिक सहमति भएको छ । वितरणको अनुपात भने कार्यविधिमा उल्लेख गरिएको छैन । यसअघिका अर्थमन्त्री रामजी बरालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम गलत कामको निरन्तरता भन्दै बजेटबाट हटाइदिएका थिए । तर तत्कालीन सत्तापक्ष र प्रतिपक्ष सबैले उक्त कार्यक्रम राख्नैपर्ने दबाब दिए । बरालले पुरानो नाम फेरेर नयाँ नाममा बजेट राखेका हुन् ।
समानुपातिक सांसदहरुले भने बजेट वितरणमा आफूहरुमाथि विभेद गरिएको गुनासो गरेका छन् । ‘संसदभित्र छिरेपछि सबैको भूमिका एउटै हो । हामी पनि जनताबाटै प्राप्त मतबाट विजयी भएका हौं,’ उनीहरुले भने, ‘तर बजेट वितरणमा प्रत्यक्ष र समानुपातिक भनेर किन विभेद हुन्छ ? हामीमाथि अन्याय गरिएको छ ।’ प्रदेशको कुनै निर्वाचन क्षेत्रमा ४ जनासम्म समानुपातिक सांसद छन् । जति धेरै सांसद भयो उति बजेटको हिस्सा कम पर्छ ।
यस्तै, हरेक निर्वाचन क्षेत्रमा एक÷एक वटा कृषि सडक पनि निर्माण हुने भएको छ । सरकारले प्रत्येक क्षेत्रलाई १ करोडका दरले बजेट विनियोजन गरेको हो । उक्त सडक पनि सांसदहरुकै सिफारिसका आधारमा छनोट हुनेछ ।
Related News
सम्बन्धित समाचार
पोखरा आदर्श सेकेन्डरीमा वृक्षरोपण एवं सरसफाइ
तामाङ मातृभाषा प्रशिक्षण
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
नासा सम्मेलनमा भाग लिन पेकका विद्यार्थी प्रस्थान
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
hero news full width
मुख्य समाचार
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
जेठ २३, २०८०नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०