स्याङ्जा । भिरकोट नगरपालिकाको दुर्गमथलो गोर्खे भन्ज्याङमा हेलिप्याड निर्माण गरिएको छ । भिरकोट ८ स्थित गोर्खेभन्ज्याङमा हेलिप्याड निर्माणपछि यहाँका स्थानीय खुसी भएका छन् ।
आकस्मिक घटना दुर्घटनापछि छिटोछरितो उपचार गर्न सम्बन्धित निकायसम्म पुर्याउन सहज बनाउन हेलिप्याड निर्माण गरिएको वडाध्यक्ष नन्दप्रसाद खनालले जानकारी दिए । हेलिप्याड बनेपछि वडा ५ र ९ का स्थानीय लाभाविन्त हुने छन् ।
कोभिडजस्तै अन्य संक्रमण आइपरेमा, सुत्केरी लगायत अन्य इमर्जेन्सी स्वास्थ्य सेवाको आवश्यकता भएमा, ग्रामीण सडकमा हुने दुर्घटनापछि तत्काल उपचारका लागि अस्पताल पुर्याउनु परेमा हेलिकोप्टरसहितको सेवा उपलब्ध गराउन सहज बनाउन सकियोस् भन्ने उद्देश्यले हेलिप्याड बनाइएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । व्यवस्थित हेलिप्याड निर्माणका लागि आउँदो आवमा बजेट विनियोजन गरेर मैदानदेखि बाटोसम्मको सडक पक्की कालोपत्रे निर्माण गर्ने उनले बताए ।
‘पहाडी मूलका नगरपालिका जताततै सडक संजालले जोडेको छ । अधिकांश ग्रामीण सडक कच्ची छन् । यात्रु क्षमताभन्दा धेरै र थामिनसक्नु सामान बोकेर गाडीहरु गाउँगाउँमा पुग्दा कयौं पटक दुर्घटनामा परेका छन् । यस्तो अवस्थामा समयमै सुविधा सम्पन्न अस्पतालमा पुर्याउन सके उनीहरुको ज्यान जोगाउने सकिने थियो,’ वडाअध्यक्ष खनाल ।
गत वर्ष ग्रामीण सडकमा चल्ने सवारीसाधन दुर्घटना हुँदा समयमै उपचार पाउन नसक्दा केही ब्यक्तिले अकालमै ज्यान गुमाएका थिए । सोही अवस्थालाई मध्यनजर गर्दै दुर्गम ठाउँलाई शहरसम्म जोड्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको हो ।
४ लाख ५० हजारको लागतमा निर्मित हेलिप्याड ४० मिटर लम्बाईको छ । निर्माणमा वडा कार्यालयले ६५ हजार खर्च गरेको छ । त्यस बाहेक बिभिन्न निर्माण कम्पनीले मैदान सम्याउने कार्यमा निशुल्क सहयोग गरेका छन् ।
हेलिप्याड निर्माणपछि पोखराबाट ल्याइएको हेलिकोप्टरले सफल अवतरण गरेको छ । कैलाश हेलिकोप्टरले पोखरा–गोर्खेभन्ज्याङमा अवतरण गरेको हो । पोखरा विमानस्थलदेखि गोर्खेभन्ज्याङ हेलिकोप्टरमा ६ मिनेटमात्र मात्र पुगिन्छ ।
हेलिप्याडको गण्डकी प्रदेशका पूर्व मन्त्री एवं नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठले उद्घाटन गरे । कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्या, उपप्रमुख भगवती रेग्मी, निवर्तमान प्रमुख छायाराम खनाल, सदस्य विष्णुमाया काफ्ले लगायतले सामाजिक कार्यप्रति खुसी व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
पोखराबाट कांग्रेस नेतृत्वलाई खबरदारी : पार्टीको चाल, चेहरा र चरित्र फेर्न रुपान्तरण अभियान
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०