पोखरा । होटल पौवा प्रालिले पोखराको लेकसाइडमा होटल पौवाको ११ औं शाखा बिस्तार गरेको छ ।
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ मन्त्रका साथ नेपाली आतिथ्यसहित सेवा प्रारम्भ गरेको होटलको शुक्रबार उद्घाटन हुँदैछ । होटलको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए ।
उद्घाटन अवसरमा ३ दिनसम्म पौवा स्वाद उत्सव पौवाका सबै शाखाका सेफबीच अन्तरशाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यबारे सम्मेलनसहित विविध कार्यक्रम हुने उनले जानकारी दिए । ‘होटलमा लगानी गर्नु अझै पनि चुनौतीपूर्ण छ । तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्नका लागि होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौ’, उनले भने ‘आन्तरिक पर्यटक र बाह्य पर्यटकको सही संयोजन गर्न सके होटल व्यवसाय संचालन गर्न सकिन्छ भन्ने आफूहरुको अनुभव रहेकै कारण पोखरामा प्रवेश गरेका हौं ।’
पोखरा आउने पर्यटकलाई परम्परागत नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पौवाले पोखरालाई आफ्नो रोजाइमा पारेको जनाएको छ । होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारी पोखरा शाखामा करिब १० करोड बढी लगानी रहेको जनाए । पौवाको लक्ष्य अनुसार मिसन–१०० मा पुग्दा पौवाको लगानी अरबौं पुग्ने उनले बताए ।
संस्कार सिकाउने विश्रामस्थलको रुपमा पौवाले आफ्नो विस्तारको लक्ष्य लिएको जनाएको छ । सुन्दर गार्डेनसहितको सुविधासम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी सुइट गरी ३९ वटा सुविधा सम्पन्न कोठाहरु छन् । प्रत्येक कोठामा एसी छन् भने इन्टरनेट सुविधा उपलब्ध छ । कोठाबाटै माछापुच्छ्रे र अन्नपूर्ण हिमालसहित शान्तिस्तुपा र रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।
होटलमा २ सेमिनार हल र कल्फरेन्स हल छन्, जहाँ एकैपटक फरक फरक बैठक, सेमिनार लगायतका विविध कार्यक्रम गर्न सकिन्छ । यहाँको फेवा हलमा एकैपटक एकहजार बढीको उपस्थितिमा सभा, सम्मेलन, विवाहउत्सव लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रम गर्न सकिने पत्रकार सम्मेलनमा बताइयो । पौवामा पर्याप्त पार्किङ छ । सबैखाले सुविधायुक्त पौवा यस्ता कार्यक्रमहरु गर्न पोखरा र आसपासका बासिन्दाका लागि समेत सहज गन्तव्य बन्ने होटलका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले विश्वास व्यक्त गरे । पौवा पोखराले मात्र ५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
एक दशकमा १ सय शाखा विस्तारको योजनासहित मिसन–१०० योजना बनाएको होटल पौवा पोखरासहित देशभर ११ स्थान सञ्चालनमा आएका छन् ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु गरेको यात्रा अहिले पोखरामा आइपुगेको हो । रुपन्देहीको सालझण्डीबाट यात्रा सुरु गरेको पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुंगा र सुदूरपश्चिम प्रदेशको धनगढीपछि गण्डकी प्रदेश आएको हो ।
पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ, जसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा व्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरि संस्थाले सेवा प्रवाह गरिरहेको कम्पनीले जनायो ।
Related News
सम्बन्धित समाचार
पोखरामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आफ्नै भवन
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
हङकङ बजारका व्यवसायीले घेरे महानगर कार्यालय
लगानीमा साझेदारी गर्न महानगर र ग्रीन बैंकबीच सम्झौता
‘सहकारीका समस्या समाधान गर्न सरोकारवालाहरु एकतावद्ध होऔ’
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०