स्व. डम्बरसिंह गुरुङ । तस्बिर सौजन्य–सुदर्शन रञ्जित
पोखरा । नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी डम्बरसिं गुरुङको निधन भएको छ । पोखरा ४ निवासी गुरुङको ७२ वर्षको उमेरमा बुधबार मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।
पछिल्लो समय उच्च रक्तचापबाट पीडित उनलाई मुटुमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । बेलायती सेनामा कार्यरत रहँदा उनी नेपाली राष्ट्रिय टिमबाट ओलम्पिक क्वालिफायर राउन्डमा कुवेतविरुद्ध फुटल खेलेका थिए ।
फुटबलमा उत्कृष्ट प्रदर्शन देखेर नै राखेपका तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले सन् १९७४ मा उनलाई नेपाली राष्ट्रिय फुटबल टिममा समावेश गराएका थिए ।
सन् १९८२ को एसियन गेम्समा समेत नेपालको प्रतिनिधित्व गरेका गुरुङ आरसिटी क्लबमा पनि आवद्ध थिए । उनी एएफसीको आधिकारिक प्रतियोगिता यु–१६ एसियन युथमा समेत नेपाली राष्ट्रिय टिमको सदस्य थिए ।
नेपाली राष्ट्रिय युथ १७ फुटबल टिमको प्रशिक्षक समेत रहिसकेका गुरुङ बेलायती सेनाबाट सेवानिवृत्तपछि सहारा क्लब पोखराद्वारा संचालित सहारा एकेडेमीमा र एपिएफ क्लबमा प्रशिक्षक थिए ।
उनका श्रीमती, १ छोरा र ३ छोरी छन् ।
Related News
सम्बन्धित समाचार
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार
रास्वपा पोखरा २६ गठन
सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता
मगर संघ बुढीबजारमा रामबहादुर
hero news full width
मुख्य समाचार
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०