आफूहरुको उठिबास लाग्ने भएपछि आन्दोलित स्थानीयवासी । तस्बिर : धनबहादुर गुरुङ/आदर्श समाज
पोखरा । १२ वर्षअघि देखि निर्माणाधीन मध्यपहाडी लोकमार्गको कास्की खण्ड अझै ‘क्लियर’ भएको छैन । याम्दीदेखि नयाँपुलसम्म काम सकिएकोमा भेंसेदेखि लमजुङसम्म खण्ड अन्तिम अवस्थामा पुगे पनि याम्दीदेखि भेंसेसम्मको ३५ किलोमिटर सडक अझै ट्रयाक खुलेको छैन ।
लामो समय विवाद र अन्योलबीच २०७८ फागुन २६ मा मन्त्रिपरिषद् बैठकले सो सडकखण्डको रुट टुंगाएको थियो । यसअघि भेंसेबाट काहुँखोला हुँदै मणिपालबाट याम्दी जोड्ने भनिएको सडकले बजार उठाउने भएपछि सडक गाउँ छिराइएको हो । भेंसेबाट मौजा हुँदै अर्मलाकोट छिचोलेर बाटुलेचौरदेखि याम्दी छुने गरी रुट कायम गरिएको छ । तर सडकको नयाँ रेखांकन गर्दा स्थानीयलाई खबर नगरिएको भन्दै उक्त रुटविरुद्ध दैनिक आन्दोलन भइरहेको छ । स्थानीयले संघर्ष समिति गठन गरेर आन्दोलन चर्काएका हुन् ।
‘सार्वजनिक सुनुवाइ नगरी रेखांकन स्वीकृत भयो । यत्रो योजना आउँदा हामीसँग एक वचन पनि सोधनी भएन,’ समिति अध्यक्ष गोविन्द बस्नेतले भने, ‘बाटोको ट्रयाक झन् संवेदनशील ठाउँमा ल्याए । पर्यटकीय सम्पदा ध्वस्त हुन्छ, कसैले वास्ता गरेका छैनन् ।’
पोखराको पर्यटकीयस्थल महेन्द्र गुफा र चमेरे गुफा लगायत पर्यटकीय स्थल जोखिममा पर्ने उनको भनाइ छ । रेखांकन स्वीकृत भएको थाहा पाएपछि निरन्तर सरोकारवालालाई निवेदन दिए पनि सुनुवाइ नभएको बस्नेतले बताए । ‘भदौदेखि निवेदन दिएका छौं । कसैले सुन्दैन । आयोजनालाई वडा र महानगरले पत्र लेखेर काम नगर्न भनेको छ, काम रोकिएको छैन,’ उनले थपे ।
अहिलेकै रुटमा ट्रयाक खोल्दा पोखरा १६ र १९ का २५० भन्दा बढी घरधुरी प्रभावित हुने
तत्कालीन जनप्रतिनिधिले हचुवा भरमा नक्सांकन गरेको र आफूहरुको उठिबास लाग्ने पीडितहरुको गुनासो छ । अहिलेकै रुटमा ट्रयाक खोल्दा पोखरा वडा १६ र १९ का २ सय ५० भन्दा बढी घरधुरी प्रभावित हुने बताइएको छ । पीडितहरुले पोखरा १६ वडा कार्यालयमा दैनिक २ घण्टा तालाबन्दी गरेका छन् भने नाराबाजी पनि गरिरहेका छन् । तत्कालीन तथा दीर्घकालीन असरलाई मध्यनजर गर्दै रेखांकित लोकमार्गको वैकल्पिक व्यवस्था गर्न उनीहरुको माग छ । ‘३ आना जग्गा छ । हुनेहरु पछाडि सारेर घर बनाउँछन् । नहुनेहरु कहाँ जाने ?,’ पीडित जमुना नेपालीले भनिन्, ‘बाटोले बास उठाउने अवस्था आयो । हेर्दाहेर्दै सुकुम्बासी हुन्छौं ।’
तत्कालीन समयमा मध्यपहाडीकै कारण बजार क्षेत्रका घर धेरै भत्किने अवस्था आएपछि ग्रामीण क्षेत्रबाट रेखांकन गरिएको हो । चैत १ देखि आन्दोलन थालेका स्थानीयले पहिलो चरणअन्तर्गत १४ सम्म जारी राख्ने र सुनवाइ नभए थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् । ‘महानगरमा राजनीतिक दलको उपस्थितिमा बैठक बस्दैछ । बैठकले निकास नदिए थप आन्दोलन हुन्छ,’ बस्नेत भन्छन् ।
सडक निर्माणका लागि ठेक्का सम्झौता भैसकेको छ । ३५ किमी सडक ३ अर्ब ४२ करोड लागतमा बनाउने स्वच्छन्द एक्सप्रेस जेभीले ठेक्का लिएको छ । ‘घरबास उठ्ने विकास हामीलाई चाहिएन ।
बिनाजानकारी गरिएको रेखांकन हटाउनुपर्छ,’ संघर्ष समिति सचिव सन्दीप थापा भन्छन्, ‘रेखांकन नफेरिएसम्म आन्दोलन रोकिँदैन ।’ उनीहरुको आन्दोलनपछि आयोजना कार्यालयले विवाद समाधानका लागि वडामा पत्र पठाएको छ । विवाद समाधानपछि मात्रै काम अघि आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘ठेक्का व्यवस्थापन भइसकेको छ । यो अवस्थामा रुट फेर्न सहज छैन,’ उनले भने, ‘सकेसम्म सहमतिबाटै काम अघि बढाउँछौं । विवाद भैरहँदा कम गर्न सकिँदैन ।’
Related News
सम्बन्धित समाचार
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०