पोखरा । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ मन्त्रका साथ नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालिले पोखराको लेकसाइडमा पनि सेवा बिस्तार गरेको छ ।
बिस्तारित ११औं शाखाको चैत १० गते गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
उद्घाटन अवसरमा ३ दिनसम्म पौवा स्वाद उत्सव पौवाका सबै शाखाका सेफबीच अन्तरशाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यबारे सम्मेलनसहित विविध कार्यक्रम हुने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए ।
‘होटलमा लगानी गर्नु अझै पनि चुनौतीपुर्ण छ । तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्नका लागि होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौ’, ज्ञवालीले भने ‘आन्तरिक पर्यटक र बाह्य पर्यटकको सही संयोजन गर्न सके होटल व्यवसाय संचालन गर्न सकिन्छ भन्ने आफूहरुको अनुभव रहेकै कारण पोखरामा प्रवेश गरेका हौं ।’
पोखरामा पौवाको प्रवेश
सामान्यतयाः नेपाल घुम्ने बाह्य र आन्तरिक पर्यटकको पहिलो रोजाइ पोखरा हो । पोखरा आउने पर्यटकलाई परम्परागत नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पौवाले पोखरालाई आफ्नो रोजाइमा पारेको जनाएको छ ।
नेपाली पर्यटन उद्योगमा नेपाली हस्पिटालिटीको पहिलो प्रयोगका रुपमा ‘होटल पौवा’ सुरुवात भएको होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारी बताउँछन् । नेपाली बजारमा विदेशी हस्पिटालिटी प्रयोग हुँदै आएको सन्दर्भमा पौवामा प्रवेश गर्ने जो कोही पाहुनाले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति गर्ने अध्यक्ष भण्डारीले बताए ।
‘होटल प्रवेश गरेदेखि बिदाई हुँदासम्म नेपालीपनको सेवा दिनु होटलको उद्देश्य हो,’ उनले भने, ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचान दिनु पौवाको लक्ष्य हो ।’
पोखरा शाखामा करिब १० करोड बढी लगानी रहेको जनाइएको छ । पौवाको लक्ष्य अनुसार मिसन १०० मा पुग्दा पौवाको लगानी अरबौं पुग्ने होटलले जनाएको छ ।
यस्ता छन्, सुविधा
संस्कार सिकाउने विश्रामस्थलको रुपमा पौवाले आफनो विस्तारको लक्ष्य लिएको जनाएको छ । सुन्दर गार्डेनसहितको सुविधासम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी सुईटगरी ३९ वटा सुविधा सम्पन्न कोठाहरु छन् । प्रत्येक कोठामा एसी छन् भने इन्टरनेट सुविधा उपलब्ध छ । कोठाबाटै माछापुच्छ«े र अन्नपूर्ण हिमालसहित शान्तिस्तुपा र रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।
होटलमा दुई वटा सेमिनार हल र कन्प«mेन्स हल छन्, जहाँ एकैपटक फरक फरक बैठक, सेमिनार लगायतका विविध कार्यक्रम गर्न सकिन्छ । यहाँको फेवा हलमा एकैपटक एकहजार बढीको उपस्थितिमा सभा, सम्मेलन, विवाहउत्सव लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रम गर्न सकिन्छ । पौवामा पर्याप्त पार्किङ छ । सबैखाले सुविधायुक्त पौवा यस्ता कार्यक्रमहरु गर्न पोखरा र आसपासका बासिन्दाका लागि समेत सहज गन्तव्य बन्ने होटलका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले विश्वास व्यक्त गरे । पौवा पोखराले मात्र ५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
मिसन १००
एक दशकमा १०० शाखा विस्तारको योजनासहित मिसन १०० योजना बनाएको होटल पौवा पोखरासहित देशभर ११ स्थान सञ्चालनमा आएका छन् ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु गरेको यात्रा अहिले पोखरामा आइपुगेको हो । रुपन्देहीको सालझण्डीबाट यात्रा सुरु गरेको पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदूरपश्चिम प्रदेशको धनगढी पोखरा आएको हो ।
पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ, जसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा ब्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरि संस्थाले सेवा प्रवाह गरिरहेको छ ।
पूर्वजबाटै सिक्दै आएको आतिथ्यताको सनातन संस्कारलाई अहिलेको पुस्ताले समेत ‘अतिथि देवो भवः’ मार्फत आत्मसात गर्न सक्छ भन्ने उद्देश्यले पौवाको रहेको छ । पौवा अब राजधानी काठमाडौं र नेपालगन्जमा पनि विस्तारको तयारी रहेको अध्यक्ष भण्डारीले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरा आदर्श सेकेन्डरीमा वृक्षरोपण एवं सरसफाइ
तामाङ मातृभाषा प्रशिक्षण
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
नासा सम्मेलनमा भाग लिन पेकका विद्यार्थी प्रस्थान
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
hero news full width
मुख्य समाचार
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
जेठ २३, २०८०नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०