पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी गहना नभई देशको सम्पत्ति भएको बताएका छन् ।
टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ विजयी खेलाडीको सम्मानमा प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘कोही कोही भन्ने गर्छन्, खेलाडी गहना हुन् । गहना त जो कोहीसँग सापटी मागेर पनि लगाउन सकिन्छ । त्यस्तो गहना होइन उहाँहरु । सजाउने विषय पनि होइन । उहाँहरु सम्पत्ति हो ।’
खेलाडीहरुलाई पारिश्रमिक दिनुपर्छ भनेर आफूले संघीय संसदमा हुँदा प्रस्ताव गर्ने बताउँदै उनले गण्डकी प्रदेश सरकार सदैव खेलाडीहरुको साथमा रहेको बताए । खेलाडीहरुको वृत्ति विकासका लागि प्रदेश सरकारले गम्भीर भएर अघि बढ्ने समेत उनले प्रतिबद्धता जनाए ।
तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ विजयी गण्डकी टिमको सम्मान
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले खेलाडीहरुको हितमा मन्त्रालय सधैँ अघि रहेर कार्य गर्ने बताए । उनले भने, ‘यहाँहरु (खेलाडीहरु) को क्षमतालाई खेलाडी उत्पादनमा लगाउने हामी प्रतिबद्ध छौं ।’ उनले खेलाडीलाई स्वरोजगार बनाउन मन्त्रालयले कार्य गर्ने बताउँदै टाइगर कपमा विजयी हुनुले पनि भलिबल खेलको विकासका लागि महत्वपूर्ण रहेको मन्त्री गुरुङले जनाए ।
प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले टाइगर कप भलिबल प्रतियोगितामा प्राप्त सफलताले सिंगो प्रदेश खेलकुद गौरवान्वित भएको बताए । उनले खेलाडीहरुको अन्तरनिहित क्षमतालाई यथावत राख्न प्रदेश खेलकुद सदैव सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा परिषद्का सदस्यसचिव घनश्याम पौडेल, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, गण्डकी प्रदेश भलिबल संघ अध्यक्ष नवीन गुरुङ लगायतले खेलाडीलाई सम्मान मात्रै नभई खेलाडीलाई परिचालन गर्न आवश्यक वृत्ति विकासका लागि प्रदेश सरकार गम्भीर भएर सोच्नु पर्ने बताए ।
गत ८ देखि १४ माघसम्म पोखरामा भएको तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकीको टिम विजेता भएको थियो ।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
hero news full width
मुख्य समाचार
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०