पोखरा । राष्ट्रपति निर्वाचनले फेरिएको राजनीतिक समिकरणले गण्डकीको सत्ता पनि धर्मराएको छ । एमाले संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा रहेको गठबन्धन सरकारलाई माओवादीले साथ छोड्ने लगभग पक्का छ ।
स्रोतका अनुसार मंगलबार नै माओवादीले सत्ताबाट बाहिरिएर समर्थन फिर्ता लिने तयारी गरेको छ । तर माओवादी नेता हरिबहादुर चुमानले भने गण्डकीको सत्तामा आफ्नो नेतृत्व हुनुपर्ने दावी राखेका छन् । शीर्षनेतालाई भेट्न काठमाडौंमै रहेका चुमानले गण्डकीमा माओवादीले नेतृत्व पाउनुपर्ने दाबी गरेका हुन् ।
‘२ पटक एमाले र एक पटक कांग्रेस माओवादीकै साथले सरकारको नेतृत्वमा पुगेको छ । अब हाम्रो पालो हो,’ उनले भने, ‘गण्डकीमा प्राकृतिक न्यायको सिद्धान्तले पनि माओवादीलाई नै नेतृत्व दिनुपर्ने हुन्छ ।’ केन्द्रीय समिकरणका कारण गण्डकीमा पनि सरकार फेरिने निश्चितप्रायः छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा पनि आफुले मुख्यमन्त्री पाउनुपर्ने माग राखेको चुमानले बताए । यसअघि सरकार बन्दा पनि उनले मुख्यमन्त्रीका लागि ‘लविङ’ गरेका थिए ।
गण्डकीमा अहिले संविधानको धारा १६८ उपधारा (२) अनुसारको सरकार छ । यो सरकार ढल्दा उपधारा (३) अनुसार सरकार बन्छ । उपधारा (२) अनुसार दुई वा सो भन्दा बढी दलहरु मिलेर बनेको सरकारले विश्वास नपाए संसदमा उपस्थित सबैभन्दा ठूलो राजनीतिक दलको संसदीय दलका नेता मुख्यमन्त्री बन्ने व्यवस्था छ । तर विश्वासको मत भने धारा १८८ को उपधारा (२) अनुसार लिनुपर्छ । उक्त उपधारामा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रदेश सभा समक्ष विश्वासको मतका लागि प्रश्ताव दर्ता गर्नुपर्ने उल्लेख छ ।
गण्डकीमा २७ सीट सहित कांग्रेस पहिलो दल हो । ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ३१ सीट चाहिन्छ । कांग्रेस र ८ सिटको माओवादी हुँदा सत्तासँग ३५ सीट पुग्छ । एकीकृत समाजवादी समेत नयाँ सत्ता समिकरणमा भएकोले एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङेले पनि मन्त्रीमा दावी गर्न सक्छन् । उनी मिसिँदा सत्तासँग ३६ सीट पुग्छ । त्यसैले चुमानले मुख्यमन्त्रीमा दावी गरेपनि पहिला कांग्रेस नेतृत्वमै सरकार बन्नुपर्छ । त्यसपछि बन्ने सरकारमा माओवादीले नेतृत्व पाउन सक्छ । प्रचण्डले चुनावी सारथी सुरेन्द्र राज पाण्डेलाई मुख्यमन्त्रीमा प्रश्ताव गर्दै भोट मागेका कारण अहिले गण्डकीको सत्ता बागडोर पाण्डेबाट खोसेर माओवादीलाई सुम्पिने सम्भावना निकै कम छ ।
कांग्रेस संसदीय दलका नेता पाण्डे मंगलबार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँछन् । ‘मंगलबार फिर्ता लिनुहुन्छ होला । त्यसपछि प्रक्रियामा जान्छ,’ उनले भने । अहिले प्रदेश सभा अधिवेसन बन्द छ । सरकार फेरिने अवस्था आए वा विश्वासको मत लिनुपर्दा विशेष अधिवेसन आह्वान गर्नुपर्छ । अहिलेको सरकारलाई माओवादी र राप्रपाको समेत साथ छ । एमाले २२, माओवादी ८ र राप्रपा २ सहित ३२ सांसदको समर्थनमा सरकार बनेको हो । केन्द्रमा राप्रपाले यसअघि नै सरकारको समर्थन फिर्ता लिएपनि प्रदेशमा एमाले नेतृत्वमा सरकार भएकोले ‘पर्ख र हेर’ को रणनीतिमा राप्रपा छ ।
Related News
सम्बन्धित समाचार
वातावरण दिवसमा पोखरा १२ मा विविध कार्यक्रम
पोखरा आदर्श सेकेन्डरीमा वृक्षरोपण एवं सरसफाइ
तामाङ मातृभाषा प्रशिक्षण
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
नासा सम्मेलनमा भाग लिन पेकका विद्यार्थी प्रस्थान
hero news full width
मुख्य समाचार
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
जेठ २३, २०८०नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०