पोखरा । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई प्रजातान्त्रिक विचार समाजले आज राष्ट्रपति पदमा निर्वाचित हुनुभएको बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा समाजका अध्यक्ष केदारनरसिंह केसी तथा समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले सम्माननीय राष्ट्रपति समक्ष अभिनन्दन पत्र हस्तान्तरण गर्नुभएको थियो । सो अभिनन्दन पत्र समाजका सचिव वासुदेव भण्डारीले वाचन गर्नुभएको थियो ।
सो अवसरमा राष्ट्रपतिज्यूले प्रजातान्त्रिक विचार समाजले लोकतन्त्र र मुलुकलाई अप्ठ्यारो पर्दा सचेतकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो । सो कार्यक्रममा समाजका उपाध्यक्ष डा इश्वरी लौडारी, बागमती प्रदेश संयोजक भरत दवाडी, लुम्बिनी प्रदेश संयोजक शंकर दिवस मजगैया, गण्डकी प्रदेश संयोजक प्राडा अकलदेव मिश्र, केन्द्रीय सदस्यहरु डा. वीरबहादुर कार्की, कृष्ण केसी, सीबी मल्ल, मेनुका राजभण्डारी र जानुका पन्त लगायतको सहभागीता थियो ।
Related News
सम्बन्धित समाचार
हर्षोल्लासका साथ मनाइयो तीज
लामाचौर तीज महोत्सव सुरु
जननी तीज संवादमा उद्यमी महिला आवाज
८४ सम्मै गठबन्धन टिक्छ: सरकार प्रवक्ता
पाल्पाली समाजको चेलीबेटी भेटघाट तथा शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमानको निधन
एकीकृत समाजवादीका डेढ सय कार्यकर्ता एमाले प्रवेश
भाद्र २२, २०८१लामाचौर कपमा नेपाल पुलिस च्याम्पियन
भाद्र २२, २०८१हारबाट सिक्छ गण्डकी भलिबल
भाद्र २२, २०८१लामाचौर महोत्सव भव्य, दुर्गेशले यसरी उफारे दर्शक
भाद्र २१, २०८१यसरी मनाए कलाकारले तीज
भाद्र २१, २०८१