पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार उनले प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १ सय ७२ सांसदले उनको पक्षमा मत दिएका हुन् ।
संसदमा २ सय ६२ सांसद उपस्थित रहेकामा विश्वासको मतको प्रस्तावको विपक्षमा ८९ सांसदले मत परेको छ । १ जना तटस्थ बसे ।
सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिए । नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरे ।
यसअघि, १० पुसमा नेकपा एमाले सहितका दलको समर्थनमा उनी प्रधानमन्त्री बनेपछि २६ पुसमा विश्वासको मत लिएका थिए । त्यसबेला संसदको ९९ दशमलब २६ प्रतिशत मत प्राप्त गरेका थिए ।
प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका थिए । राष्ट्रपति चुनावको समयमा समीकरण फेरिँदा साढे २ महिनाभित्रै उनले पुनः विश्वासको मत परीक्षण गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
तामाङ मातृभाषा प्रशिक्षण
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
नासा सम्मेलनमा भाग लिन पेकका विद्यार्थी प्रस्थान
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा आइटी एक्स्पो हुने
hero news full width
मुख्य समाचार
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
जेठ २३, २०८०नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०