पोखरा । स्याङ्जाको गल्याङ नगरपालिका आलु र सुन्तला र दूधजन्य वस्तुमा आत्मनिर्भर भएको र गल्याङ नगरपालिकाभित्र उत्पादित वस्तुको बजारीकरणमा कुनै समस्या नरहेको गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए ।
स्याङ्जाको गल्याङ नगरपालिकामा गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९ को समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
गल्याङ नगरपालिकाका नगर प्रमुख भट्टराईले भने, ‘गल्याङ नगरपालिकाले कृषि शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिएर अगाडि बढेको छ ।’ उनले किसानका आवश्यकता र समस्याको दीर्घकालीन समाधानका लागि आफू लागि परेको र किसानलाई सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नगरपालिका कृषिमा व्यावसायिक उत्पादन र प्रवद्र्धनका लागि प्रतिबद्ध रहेको बताउँदै उनले किसानलाई उत्पादन र आयआर्जनसँग जोड्न नाफा परियोजना सञ्चालन गरिने बताए । कृषि क्षेत्रको विकासका लागि आइपिएमलगायत किसान तालिमसमेत सञ्चालन गरिरहेको छ ।
नगरपालिकाले यस आर्थिक वर्षबाटै पालिकाको ११ नम्बर वडामा उत्पादन हुँदै आएको बिउ आलु कार्यक्रम वडा नं. ४ र ७ मा पनि लागु गर्ने भएको छ । वडा नं. १ मा मकै बिउ उत्पादन, वडा नं. ७ मा रहेको सुन्तला पकेट क्षेत्रको रुपमा विकास गर्दै वडा न १० मा पनि विस्तार गर्ने, वडा न ७ तरकारी पकेट क्षेत्र बनाउने र वडा न ५ मा कोल्डरुम स्थापना गर्ने उनले जानकारी दिए ।
किसानलाई उत्पादन र आयआर्जनसँग जोड्न नाफा परियोजना सञ्चालन गरिने
गण्डकी प्रदेश कृषि ऊर्जा तथा जलस्रोत मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईंले कृषि क्षेत्रको व्यवस्थापन र आधुनिकीकरणका लागि गल्याङ नगरपालिका संघ सहकार्य गर्दै अघि बढ्ने र प्रदेश सरकारले सहयोग गर्ने बताए ।
प्रदर्शनीमा राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत थियो । प्रदर्शनीको पहिलो दिन शुक्रबार राष्ट्रिय कलाकार रोशन गैरे र सुनिता नेपालीले सांगीतिक प्रस्तुती राखे भने शनिबार राष्ट्रिय कलाकार प्रकाश पराजुली र श्रीधर अधिकारीको प्रस्तुति थियो । प्रदर्शनीमा कृषिसँग सम्बन्धित २० भन्दा बढी स्टल राखिएको थियो ।
गल्याङ ३ मा रहेको खेल मैदानमा भएको प्रदर्शनीमा १० लाखको कारोबार भएको थियो भने ८० हजार बचत भएको छ । प्रदर्शनीको १० हजारभन्दा बढी दर्शकले अवलोकन गरे ।
गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाटले स्वागत र महासचिव दलबहादुर सिञ्जाली सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०