बंगलादेशमा घन्कियो रेशम फिरिरी …

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७९
pokhara bangaladwsh

पोखरा ।  बंगलादेश–नेपालको कुटनीतिक सम्बन्ध स्थापनाको सन्दर्भमा नेपाली कला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भएको छ ।

फागुन ३० देखि चैत ४ गते कार्यक्रम भएको हो । उक्त कार्यक्रममा सहभागी हुन पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालको नेतृत्वमा १४ सदस्यीय सांस्कृतिक समूह फागुन २९ गते ढाका प्रस्थान गरेको थियो ।

टोली सदस्यहरु प्रकाश ज्ञवाली, जीवन दाहाल, दिलीप गायक, कार्यालय प्रमुख मोतीराज पोखरेल थिए । कलाकारहरु जसमाया गुरुङ, संगीता शाही खड्गी, राजबहादुर गुरुङ, कुशन गायक, सरिता गायक, सनबहादुर गुरुङ, सुजन थापा मगर, ईश्वरी राना र सजिना गुरुङको सहभागिता थियो । कला प्रदर्शनीतर्फ नगेन्द्रप्रसाद पौपाल, अनुराधा थापा, एससी सुमन, रामपुजन ठाकुर, विमार रौनियार, उदय बज्राचार्य सहभागी थिए ।

बंगलादेश नेपालमैत्री संघका अध्यक्ष मोसिउर अहमदको अध्यक्षतामा भएको सांस्कृतिक कार्यक्रममा बंगलादेशका संस्कृति राज्यमन्त्री केएम खालिद प्रमुख अथिति थिए ।
कार्यक्रममा राज्यमन्त्री केएम खालिद, बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, सांस्कृतिक कार्यक्रमका संयोजक घुलम कुददुस, सभापति मोसिउर अहमदले संस्कृति, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य आदिको विकासमा यस कार्यक्रमले थप सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

सांस्कृतिक कार्यक्रममा नेपालको तर्फबाट उत्कृष्ट संगीत प्रस्तुतिका साथमा राष्ट्रगान सोरठी, कौरा, तामाङ सेलो, लोकगीत, रष्ट्रिय गीत, मैथिली गीत, रेशम फिरिरी लगायत १० वटा र बंगलादेशका तर्फबाट ४ वटा गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • बासु पुरस्कारबाट स्याङ्जाका ४ साहित्यकारलार्ई सम्मान

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८०
    स्याङ्जा । बालनरसिंह— सुवर्णकुमारी अधिकारी गुठी पुरस्कारबाट प्रदान गरिने बालनरसिंह सुवर्णकुमारी (बासु) स्मृति साहित्य पुरस्कारबाट स्याङ्जाका ४ जना साहित्यकारलाई सम्मान…
  • गीतकार विनोद गौचनको जन्मजयन्ती

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ…
  • साहित्यकार जनार्दनशरण त्रिपाठीको निधन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८०
    पोखरा । साहित्यकार एवं महाकाव्यकार जनार्दनशरणको त्रिपाठीको निधन भएको । लामो समयदेखि बिरामी रहेका त्रिपाठीकी शुक्रबार बिहान साढे ४ बजे…
  • आमा २ पुस्तक विमोचन

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८०
    पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले जिउँदो इतिहासका रुपमा रहेका आमाबुवा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताएका छन् ।…
  • लेखनाथ कविता प्रतियोगितामा दीपिन पहिलो

    आदर्श समाज सम्वाददाता वैशाख ३१, २०८०
    पोखरा । लेखनाथ कविता प्रतियोगितामा दैलेखका दीपिन सिजापति प्रथम भएका छन् । यस्तै, रुपन्देहीका गोपालप्रसाद आचार्य द्वितीय, कपिलवस्तुकी जोशिका कँडेल…

hero news full width