पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेबान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिता उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन राजन पौडेललाई पराजित गर्दै नवीनले पहिलोपटक उपाधि हात पारेका हुन् ।
पोखरा रंगशालामा भएको प्रतियोगितामा पहिलो सेटमा ४–२ ले पछि परेका पौडेलले उत्कृष्ट कमब्याक गर्दै ४–६ ले खेल आफ्नो पक्षमा पारे । तर दोस्रो र तेस्रो सेट गुमाउँदा पौडेल उपविजेता बने । नवीनले दोस्रो सेट ६–२ ले तथा तेस्रो सेट सुपर टाइमा ९–२ ले आफ्नो पोल्टामा पारेका थिए ।
मेन्स डबल्सतर्फकाे उपाधि अनुजकुमार बाँस्तोला र नवीन श्रेष्ठको जोडीले जितेको छ । गोपीबहादुर भट्टराई र सूर्यबहादुर भुजेलविरुद्ध फाइनल खेलमा ६–१, ६–१ को सहज नतिजा निकाल्दै अनुज र नवीनको जोडीले उपाधि आफ्नो पक्षमा पारेका हुन् । जीतसँगै विजयी खेलाडीले नगद १० हजार तथा उपविजेता खेलाडीले नगद ५ हजारसहित ट्रफी पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा नवप्रवेशीतर्फ दुर्गा सुनार विजेता तथा सिरोज कोइराला उपविजेता बने । उनीहरुले ट्रफी पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि रेबान पोखराका वरिष्ठ उपाध्यक्ष विश्वराज पौडेलले विजयी खेलाडीलाई नगद तथा ट्रफी वितरण गरे । उनले स्वास्थ्य, भाइचारा र खेल पर्यटन विकासमा प्रतियोगिता महŒवपूर्ण रहेको बताए ।
कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएका कार्यक्रममा नेपाल प्रहरीका पूर्व डिआइजी केशव अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष सुनील गुरुङ, केन्द्रीय उपाध्यक्ष विनोद कायस्थ, जिल्ला उपाध्यक्ष नवीन चालिसे लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
‘खेल्छ गण्डकी’ बाट महिला खेलाडी तयार गरिने
मेयर कपको उपाधि वडा नम्बर २ लाई
देश्ना चन्द कपमा ‘केआइइसी बुन’ च्याम्पियन
ठेलोमा पर्वतको वर्चश्व
कास्की जिल्ला बक्सिङ संघमा सुमन
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०