पोखरा उच्च बारका पदाधिकारीको पदस्थापन

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७९
Bar

पोखरा। पोखरा उच्च अदालत बार एसोसिएसनको अध्यक्षमा निर्विरोध निर्वाचित अध्यक्ष विष्णुप्रसाद शर्मासहित कार्यसमितिको पदस्थापन भएको छ । उनीहरुलाई नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको उपस्थितिमा पदस्थापन गराइएको हो ।

फागुन २५ भएको अधिवेशनमा सबै पदहरुमा एकल उम्मेदवारी परेको थियो । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता दामोदर अधिकारीले सबै पदमा एकल उम्मेदवारी परेकाले निर्विरोध भएको बताए । उच्च बारमा गत विगत वर्षहरुमा नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को एकलौटी हुने गरेकामा यसवर्ष भने सहमतिबाट समिति बनेको छ ।

उपाध्यक्षमा गिरधारि सुवेदी, सचिवमा दुर्गेशराज पन्त, सहसचिवमा भुवन पराजुली काफ्ले र कोषाध्यक्षमा अनन्तप्रसाद कोइराला निर्वाचित भएका थिए । सदस्यमा मनोज घर्तीमगर, दिलबहादुर बस्नेत, अञ्जना बराल सुवेदी, ललिता रिमाल, गंगाप्रसाद सुवेदी, डण्डपाणि सुवेदी, धनबहादुर रानाभाट र महिला सदस्यमा सुजता ढकाल निर्वाचित भए । उच्च बार पोखरामा ४ सय ४४ जना सदस्य कायम छन् ।

पदस्थापन पछि अध्यक्ष शर्माले पुराना कार्यसमितिले भौतिक पूर्वाधारको काम गरिसकेकाले अब लाइब्रेरी बनाउन पहल गर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width