पोखरा । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने निर्णय नेपाली कांग्रेसले गरेको छ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकले सरकारमा सहभागी हुनका लागि मापदण्ड बनाउने निर्णय पनि गरेको छ।
प्रधानमन्त्री प्रचण्डले सोमबार भोली विश्वासको मत लिने संसद्को कार्यसूची छ। बैठकले संसदीय दललाई पनि प्रचण्डलाई विश्वासको मत दिन निर्देशन गरेको छ।
हेर्नुहोस् निर्णयहरु
१. चैत्र ३ गते सम्पन्न उपराष्ट्रपति पदको निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वाचित उपराष्ट्रपति श्री रामसहाय यादवलाई कार्यकाल सफलताको कामना सहित यो बैठक हार्दिक बधाई ज्ञापन गर्दछ l
२. संविधान रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको समुन्नतिका लागि सहकार्यको संकल्प सहित गत निर्वाचनमा नेपाली जनता समक्ष गरेको वचनवद्दता अनुरुप नेपाली कांग्रेस सहितका राजनीतिक दलहरु बीचको आपसी एकता र समझदारीलाई अझ सुदृढ गर्नु आवश्यक छ l हालै सम्पन्न संघीय गणतन्त्र नेपालको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनले प्राप्त गरेको विश्वासप्रती सबैलाई आभार प्रकट गर्दै यो बैठक गठबन्धन दलहरू बिचको समझदारी र एकतालाई अझ बलियो बनाउँदै अघिबढ्ने क्रममा नेपालको संविधानको धारा ७६(२) बमोजिम गठित श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेकोे वर्तमान सरकारलाई नेपाली काँग्रेसको विधानको धारा २२ (११) बमोजिम समर्थन गर्ने र २०७९ चैत्र ६ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राख्नु हुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नका लागि पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गर्दछ l
३) संसदको सबैभन्दा ठलो दलका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा नेपाली काँग्रेस सहभागी हुने निर्णय यो बैठक गर्दछ l संविधान रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कामलाई पुर्णता दिँदै मुलुकको चौतर्फी विकास मार्फत मुलुकको समुन्नति हासिल गर्ने साझा कार्यभारप्रती यो बैठक दृढ प्रतिबद्धता व्यक्त गर्दछ ।
४) नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृस्टिगत गरेर चयन निर्णय यो बैठक गर्दछ ।
Related News
सम्बन्धित समाचार
प्रेस चौतारी कास्कीको ११ बुँदे पोखरा घोषणापत्र
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
hero news full width
मुख्य समाचार
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०