पोखरा । कास्कीको ताङतिङमा अवस्थित नौंचु पैंगी लामा महायान बौद्ध गुम्बाको गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरे । प्रदेश प्रमुख गुरुङले भाषा, संस्कार र संस्कृतिको जगेर्नामा अरु गुरुङ गाउँभन्दा ताङतिङ अगाडि रहेको कुरा बताए । ‘पञ्चायत कालमा धार्मिक स्वतन्त्रता थिएन । तर मुलुकमा व्यवस्था परिवर्तन भएपछि सबै जातजातिले आफ्नो भाषा, संस्कार र संस्कृतिको विकास गर्न पाएको छ,’ उनले भने, ‘फलस्वरूप अहिले जुन सुकै गुरुङ गाउँ जानु त्यहाँ अत्याधुनिक गुम्बा निर्माण भएको छ ।’
उनले बुद्धको पूजा गर्दैमा बौद्ध धर्मावलम्बी नहुने र असली बौद्ध धर्मावलम्बी हुन बुद्धको पञ्चशीललाई आफ्नो जीवनमा लागु गर्नुपर्ने बताए ।
कार्यक्रममा मादीका अध्यक्ष देवीजंग गुरुङ, उपप्रमुख कल्पना गुरुङ लगायत उपस्थित थिए । कार्यक्रममा गुम्बा निर्माण व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष बिर्जमान गुरुङले गुम्बाको निर्माण कार्यमा सहभागीलाई धन्यावाद ज्ञापन गरे ।
Related News
सम्बन्धित समाचार
आरोहणको ७३ वर्ष : हर्जोगलाई सम्झँदै हिमाल जोगाउने चिन्ता
दीगो पर्यटनमा जोड दिँदै पाटा शिखर सम्मेलन सम्पन्न
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती
अन्नपूर्ण सेन्चुरी महोत्सव सुरु
पोखरामा पाटाको वार्षिक शिखर सम्मेलन तथा एड्भेन्चर मार्ट
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०