कलाकार दुर्गा बरालको पोखरामा भएको नागरिक अभिनन्दन । साथमा उनकी पत्नी पार्वती बराल । तस्बिरः विजय नेपाल
पोखरा । कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार नागरिक अभिनन्दन तथा रथारोहण भएको छ । पोखरेली कलाकार वात्स्यायनको सम्मानमा करिब ३ दर्जन साहित्यिक तथा वाङ्मयिक संस्थाले उनको भव्यरुपमा नागरिक अभिनन्दन तथा रथारोहण गराएका हुन् । आफ्नो पुस्ताका उत्कृष्ट कलाकार वात्स्यायन कार्टुनका बादशाहको रुपमा चिनिन्छन् ।
पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखराका साहित्यिक, वाङ्मयिक संस्था गरी ३२ संघसंस्थाले कलाकार बरालकै निवास नदीपुरदेखि विन्ध्यवासिनी मन्दिरसम्म रथारोहण गराई अभिनन्दन गरेको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।
वात्स्यायन निवास नदीपुरदेखि सुरु भएको रथयात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी परिसरको सभाकक्षमा पुगेको थियो ।
कार्यक्रममा परिवारका अध्यक्ष पौडेलले पोखरामा जन्मिएर कलाकारिता क्षेत्रमा वात्स्यायनले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै विगतमा उनीसँगको सानिध्यता स्मरण गरे । देशकै निधिको अभिनन्दन गर्ने अवसर पोखरेलीको लागि सुनौलो सौभाग्य भएको भन्दै सहभागी सबैलाई धन्यवाद समेत दिए ।
संस्कृतिकर्मी तीर्थ श्रेष्ठले कलाकार बरालको जीवनीको आद्योपान्त सुनाए । श्रेष्ठका अनुसार बरालले वात्स्यायनका नाममार्फत व्यङ्ग्यचित्र माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यङ्ग्यचित्रकारितामा सर्वाेच्च शिखरका रुपमा आफूलाई उभ्याएका छन् ।
१९९९ चैत ५ मा आर्बा (हाल पोखरा १३) मा जन्मिएका बराल ८० वर्ष पूरा भएका छन् । नेपाली कला क्षेत्रमा लामो समय योगदान पुर्याएका उनले दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् । उनले जगदम्बा श्री, प्रवल गोरखा दक्षिण बाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्कार, अननिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्करा, हाँस्ने पुरस्कार, बासुदेव लुइँटेल पुरस्कार पाइसकेका छन् ।
उनका चार ओटा एकल चित्रकला प्रदर्शनी भइसकेको छ । २० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिकमार्फत कार्टुन करिअर सुरु गरेका उनले नेपाली कला क्षेत्रमा ५ दशक बिताइसकेका छन् । पछिल्लो समय उनी कान्तिपुरमा कार्टुन कोर्थे ।
सानै उमेरमा धुलीमाटीमा औंलाले चित्र बनाउनेदेखि अहिलेसम्म चित्रकारितामा सक्रिय भई उनले नेपाली चित्रकारितालाई अतियथार्थवादी धारमा डोर्याउन उल्लेख्य योगदान दिएका छन् । उनले पोखरालाई पानी रङको चित्रकारितामा स्थापित मात्रै गरेनन्, थुप्रै अनुजलाई दीक्षितसमेत गरे । पोखरामा शारीरिक सुगठन कला भित्रयाउने र प्रशिक्षण गर्ने श्रेय पनि उनैलाई जान्छ । साथै पोखरामा फोटोग्राफी कला र व्यवसाय विस्तार र प्रशिक्षणमा पनि उनको योगदान छ ।
Related News
सम्बन्धित समाचार
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
तनहुँ १ मा त्रिपक्षीय भिडन्त !
महावीर पुनको आक्रोश : ढाँट्यो गण्डकी सरकारले
hero news full width
मुख्य समाचार
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९अनाथको आश्रय सहारा एकेडेमी
चैत्र १७, २०७९