उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद निर्वाचित

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७९
deputy president

उपराष्ट्रपति निर्वाचित रामसहायप्रसाद यादव ।

पोखरा । नेपालको उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) एवं सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार यादव शुक्रबार भएको मतदानमा संघतर्फ १ सय ८४ र प्रदेशतर्फ ३ सय २९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । यसअघि २५ फागुनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेका छन् ।

उपराष्ट्रपतिमा निर्वाचित यादवले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्यलाई झण्डै दोब्बरले पराजित गरेका हुन् । शाक्यले संघमा १ सय ४ र प्रदेशमा १ सय ६९ मत प्राप्त गरिन् । जनमत पार्टीका ममता झाले संघमा २३ र प्रदेशतर्फ १५ तथा प्रमिला कुमारीले प्रदेश सभाका १ सदस्यको मात्र मत प्राप्त गरेकी छन् ।

यादवको कुल मतभार संघमा १४ हजार ५ सय ३६ र प्रदेशतर्फ १५ हजार ७ सय ९२ सहित ३० हजार ३ सय २८ हुन्छ । एमालेकी शाक्यको संघतर्फ ८ हजार २ सय १६ र प्रदेशतर्फ ८ हजार २ सय १६ गरी कुल मतभार १६ हजार ३ सय २८ छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार संघतर्फको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम हुने व्यवस्था छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेका छन् 

निर्वाचितपछि उपराष्ट्रपति यादवले आफूलाई जिताउन भूमिका खेल्ने जनता र सांसदप्रति धन्यवाद प्रकट गरेका छन् । उनले राष्ट्रिय एकतालाई मजबुत र प्रवद्र्धन गर्न आफू लाग्ने बताए । सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति प्रक्रियाका काम निष्कर्षमा पुर्‍याउन बाँकी रहेको भन्दै आफ्नोतर्फबाट प्रयास हुने जनाए । । उनले भने, ‘राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवद्र्धन गर्नमा मेरो इमान्दारिताका साथ भूमिका रहनेछ । मुलुक समृद्ध रुपमा अघि बढोस् । शान्तिप्रक्रियाका काम निष्कर्षमा पुर्‍याउन बाँकी छ, त्यसलाई निष्कर्षमा पु¥याउन लागि पनि मेरोतर्फबाट प्रयास हुनेछ । हाम्रो क्षेत्रका जनताकै मतका कारण यहाँसम्म आइपुगेको हो । उहाँसहित देशका सबै जनतालाई हार्दिक धन्यावाद र आभार व्यक्त गर्छु ।’ नवनिर्वाचित यादवलाई शीर्षनेताहरुले सफल कार्यकालको शुभकामनासहित बधाई दिएका छन् ।

यादव बाराको सिम्रौनगढ नगरपालिका–९, बसरियाका हुन् । उनी मधेशकेन्द्रित दल मधेशी जनअधिकार फोरम, संघीय समाजवादी फोरम हुँदै मधेश आन्दोलनमा सक्रिय नेताको रुपमा परिचित छन् । २०६५ सालदेखि जसपाको महासचिवमा निर्वाचन भए ।

२०७४ को पहिलो संविधानसभामा समानुपातिकबाट उनी सांसद बनेका थिए भने गएको प्रतिनिधि सभामा बारा क्षेत्र २ बाट प्रत्यक्षमा निर्वाचित बनेका हुन् । यादवले २०६२÷६३ को दोस्रो जनआन्दोलन र २०६४ को मधेश आन्दोलनको समयमा जसपा अध्यक्ष उपेन्द्र यादवसँगै नेपाली राजनीतिको नेतृत्व तहमा रहेर सहकार्य गर्दै आएका छन् । राजनीतिअघि उनी शिक्षण गर्थे ।

Related News

सम्बन्धित समाचार

  • रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । एक अंकको ब्याजदरमा लिइएको ऋणको व्याजदर १५ प्रतिशत भन्दा बढी भइसकेको छ । ऋणको भारले थिचिँदै छन् व्यवसायी…
  • नवनियुक्त मन्त्रीहरुले लिए शपथ

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका…
  • तनहुँ १ मा त्रिपक्षीय भिडन्त !

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य चुनावी पारो ह्वात्तै तातेको छ । नेपाली कांग्रेसले गोविन्द भट्टराईलाई…
  • महावीर पुनको आक्रोश : ढाँट्यो गण्डकी सरकारले

    धनबहादुर गुरुङ चैत्र १७, २०७९
    पोखरा । महावीर पुनले गत २१ कात्तिकमा फेसबुकमा एउटा स्टाटस लेखे । उनले गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा…
  • १० हजार नपाएको झोंकमा हत्या !

    आदर्श समाज सम्वाददाता चैत्र १६, २०७९
    पोखरा । पोखराबाट गत महिना बेपत्ता भएकी ४४ वर्षीय शान्ति श्रेष्ठको हत्याकाण्डमा संलग्न अभियुक्तलाई तनहुँ प्रहरीले सार्वजनिक गरेको छ ।…

hero news full width