पोखरा । समाजसेवी तेजबहादुर गुरुङलाई नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार प्रदान गरिएको छ ।
पोखरा १६ बाटुलेचौरको हिमालय क्लबद्वारा संचालित १५ हजार राशिको सो पुरस्कार बाटुलेचौरमा आयोजित एक कार्यक्रममा पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उनलाई हस्तान्तरण गरेका हुन् ।
यस्तै, स्व. पवित्र प्रेमनारायण स्मृति शैक्षिक पुरस्कार विन्ध्यवासिनी कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने रस्मिता गौतम र युवराज रेग्मीलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ । साथै पोखरा १६ निवासी एकलमहिला बाटुली सुनार र शान्ति परियारलाई जनही २ हजार रुपैयाँ प्रदान गरियो ।
कर्यक्रममा नवआदर्श सामुदायिक विकास समाजका नवनिर्वाचित अध्यक्ष स्वागतमानसिंह भण्डारीसहितको पदाधिकारी तथा सदस्यलाई सम्मानसहित स्वागत गरिएको क्लब पूर्व अध्यक्ष मोहन थापाले बताए ।
पूर्व प्रदेश प्रमुख प्यासीले बिनास्वार्थ समाजसेवाको क्षेत्रमा लाग्ने व्यक्तिलाई राज्यले उचित कदर गर्नुपर्ने बताए । क्लब अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, क्लबका मानार्थ सदस्य बेनीबहादुर बस्नेत, पूर्व अध्यक्ष मोहन थापा, नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारी, दीप युनाइटेड क्लबका अध्यक्ष खेमराज आचार्य, कोपिला आमा समूह अध्यक्ष गीता थापा, सम्मानित व्यक्तित्व तेजबहादुर गुरुङ, विद्यार्थी रस्मिता गौतम लगायतले क्लबका कार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रम क्लब सचिव शिवराज देवकोटाले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सृजना विकास केन्द्रको सामाजिक परीक्षण
फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव
अनाथको आश्रय सहारा एकेडेमी
आत्महत्या रोक्न टिकटक प्रतियोगिता
बौद्ध उपवास पूजा
hero news full width
मुख्य समाचार
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९