पोखरा । सयपत्री समाज कास्कीले पालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई नीति तथा योजना बनाउने तालिम दिएको छ ।
पालिकाको बजेट, योजना तर्जुमा, नीति कार्यक्रमका सवालमा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीका लागि प्रशिक्षण गरिएको थियो । कार्यक्रममा कास्कीका पोखरा महानगरसहित माछापुच्छ«े, अन्नपूर्ण, रुपा, मादी र स्याङ्जाका फेदीखोला गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले भाग लिएका थिए । २ दिनसम्म चलेको कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्यसचिव डा.सोमलाल सुवेदीले, ‘संघीयता र स्थानीय सरकार’ विषयमा प्रशिक्षण दिएका थिए । उनले कर्मचारीतन्त्र संघीय मूल्यमान्यता अनुसार संचालन हुनुपर्ने जनाउँदै स्थानीय पालिकाले आफ्ना नीति कार्यक्रम संघीयता अनुकूल बनाउनुपर्ने बताए ।
उनले जनप्रतिनिधिको भावना बुझेर नीति योजना कार्यक्रम ल्याउनुपर्ने बताउँदै योजना कार्यन्वयनका चक्र पूरा भए नभएको हेर्नुपर्नेमा जोड दिए ।
प्रशिक्षक सञ्जीव हुमागाईंले स्थानीय तहले स्थानीय योजनाहरुको प्राथामिकीकरण गर्दै कसरी अन्य पालिकाभन्दा प्रतिस्पर्धी र भिन्न योजना कसरी जारी गर्ने भन्नेमा प्रतिस्पर्धा हुनुपर्ने बताए ।
प्रशिक्षणको दोस्रो दिन प्राडा लेखनाथ भट्टराईले स्थानीय अर्थतन्त्र निर्माणमा पालिकाहरुले वित्त हस्तान्तरण ऐन तथा पालिकाका नीति अनुरुप कार्य गर्नुपर्ने बताए । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहभागीलाई प्रशिक्षण गर्दै दिगो विकास लक्ष्य अनुरुप पालिकाहरु आफ्ना योजना बनाउनुपर्ने बताउँदै संविधान संघीय ऐन र प्रदेश ऐन नियम अनुरुप पालिकाका नीति बन्नुपर्ने बताए ।
सयपत्री समाजका कार्यकारी निर्देशक गिरधारी सुवेदीले नीतिमा नवीनता र योजनाको कार्यान्वयन गर्न पालिकाले नीति जारी गर्नुपर्ने गरी सहभागीलाई प्रशिक्षण गरेका थिए । कार्यक्रममा कास्की र स्याङ्जा जिल्लाका विभिन्न पालिकाका गरी ३५ जनाको सहभागिता थियो । उक्त प्रशिक्षणमा अन्नपूर्णका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, उपाध्यक्ष चन्द्रकला अधिकारीले यस प्रकृतिको कार्यक्रम पालिकाको आगामी योजनाका लागि प्रभावकारी बताइन् ।
माछापुच्छ«ेका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले संघीयता अनुसारको स्थानीय नीति हुनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा सहभागी र कार्यपत्र प्रस्तुतकर्ताबीच अन्तक्र्रियात्मक छलफल गरिएको संस्थाका अध्यक्ष प्राडा कृष्ण केसीले बताए ।
Related News
सम्बन्धित समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
हिमालबाट ३५ टन फोहोर निकाल्ने लक्ष्य
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
hero news full width
मुख्य समाचार
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९