पोखरा । नौलो घुम्ती नेपालद्वारा कास्की जिल्ला, जिल्ला प्रशासन कार्यालय कास्कीको परिसरमा रहेको प्रतीक्षालय पुनर्निर्माण गरी हस्तान्तरण गरेको छ ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार खड्गबहादुर रानाभाटले प्रतिक्षालय पुनर्निर्माण भएसँगै जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई सहज हुनुका साथै थप व्यवस्थित हुने बताए ।
संस्थाका अध्यक्ष बद्रीविनोद खनालले जिल्ला प्रशासन कार्यालय कास्कीसँगको सहकार्यमा प्रतीक्षालय पुनर्निर्माण गर्न पाउँदा संस्थाले गर्व महसुस गर्नुका साथै समाजिक उत्तरदायित्व निर्वाह गरेको महसुस भएको बताए ।
उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले नौलो घुम्ती नेपालले विभिन्न जिल्लामा लागुपदार्थ परामर्श उपचार तथा पुनस्र्थापना तथा सामाजिक विकासका विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गरेको र आगामी दिनहरूमा पनि संस्थाले यसरी नै काम गरोस् भन्ने शुभकामना व्यक्त गरे ।
कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकार पदमराज पहारी, संस्थाका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थापामगर, कोषाध्यक्ष महेन्द्रकुमार गुरुङ, सदस्य ढुण्डिराज ज्ञवाली, कार्यकारी निर्देशक अनेश गुरुङ लगायतको उपस्थिति थियोे । कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सृजना विकास केन्द्रको सामाजिक परीक्षण
फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव
अनाथको आश्रय सहारा एकेडेमी
आत्महत्या रोक्न टिकटक प्रतियोगिता
बौद्ध उपवास पूजा
hero news full width
मुख्य समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९