पोखरा । बाबा साहित्य साधक सम्म्मान २०७८ तनहूँका साहित्यिक अभियन्ता आनन्दसुन्दर श्रेष्ठ र २०७९ कास्कीकी कवि लिली अधिकारीलाई अर्पण गरिने भएको छ ।
कवि तथा गीतकार दुर्गाबहादुर शाह बाबालाई प्राप्त पुरस्कार र २०६७ सालमा सम्पन्न टिकटमा एकल कवितावाचन कार्यक्रमबाट बचत रकमबाट स्थापना भएको बाबा साहित्य साधक सम्मान अक्षयकोषको ब्याजबाट संघर्षमा कलम संस्थामार्फत् उक्त सम्मान अर्पण गरिँदै आइएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा, हरिदेवी कोइराला र ऋषि बराल सदस्य रहेको प्रतिभा छनौट समितिको सिफारिसलाई कृष्ण सारथिको अध्यक्षतामा सम्पन्न बैठकले सर्वसम्मत स्वीकृत गरेको हो ।
गण्डकी प्रदेशभित्रका स्रष्टालाई अर्पण गरिँदै आएको बाबा साहित्य साधक सम्मानबाट लमजुङका रुपिन्द्र प्रभावी, गोरखाकी सरस्वती श्रेष्ठ सरु, बाग्लुङका सुमन श्रापित, पर्वतका शान्तिनारायण श्रेष्ठ, कास्कीका धनबहादुर गायक र कृष्णप्रसाद पौडेल यस अगाडि सम्मानित भइसकेका छन् । सम्मानको राशि नगद १० हजार पाँच सय ५५, सम्मानपत्र र दोसल्ला छ ।
कोरोना महामारीका कारण सम्मान अर्पण गर्ने वातावरण अनुकूल नहुँदा संघर्षमा कलमद्वारा सञ्चालित बाबा साहित्य साधक सम्मान र ऋषिराम रानाभाट स्मृति सम्मान कोषको ब्याज रकमबाट राष्ट्रिय अनलाइन कविता प्रतियोगिता सञ्चालन गरी यस शृंखलालाई निरन्तरता दिइएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शुक्ला साहित्य संगम तनहुँका पूर्व अध्यक्ष रहेका श्रेष्ठको ‘उद्वेलित मनहरू’ गजलसंग्रह कृति प्रकाशित छ ।
पोखरा–२४, कास्कीकोटका जन्मेकी लिली अधिकारीको ‘पहराको फूल’ कवितासङ्ग्रह निकै चर्चित छ । संघर्षमा कलमले पुतलीबजार–७ स्याङ्जामा जन्मेका ऋषिराम रानाभाटको स्मृतिमा स्थापित ऋषिराम स्मृति सम्मान र बाबाद्वारा स्थापित बाबा साहित्य साधक सम्मान हरेक वर्ष एकैसाथ अर्पण गर्दै आएको छ ।
यो वर्ष पनि दुवै सम्मान २०७९ चैत्र १८ गतेका दिन पोखरामा एक समारोह बीच अर्पण गरिने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
सृजना विकास केन्द्रको सामाजिक परीक्षण
फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव
अनाथको आश्रय सहारा एकेडेमी
आत्महत्या रोक्न टिकटक प्रतियोगिता
बौद्ध उपवास पूजा
hero news full width
मुख्य समाचार
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९