वात्स्यायनको अभिनन्दन तथा रथारोहण हुने

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७९
Durga Baral

पोखरा । कलाकार दुर्गा बराल वात्स्यायनको नागरिक अभिनन्दन तथा रथारोहण हुने भएको छ । यही ५ चैतमा ८० वर्ष पार गर्न लागेका पोखरेली कलाकार वात्स्यायनको सम्मानमा यहाँका साहित्यिक तथा वाङ्मयिक संस्था सो तयारीमा जुटेका छन् ।

पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरुले शनिबार कलाकार बरालकै निवास नदीपुरदेखि विन्ध्यवासिनी मन्दिरसम्म उनको रथारोहण गर्न लागेका हुन् ।

बिहान १० बजे वात्स्यायन निवासदेखि सुरु हुने रथयात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी परिसरको सभाकक्ष पुग्नेछ ।

पोखरेली युवा सांस्कृतिक परिवार अध्यक्ष उपेन्द्र पौडेलले पोखरामा जन्मिएर कलाकारिता क्षेत्रमा वात्स्यायनले पुर्‍याएको योगदान अतुलनीय रहेको बताउँछन् । देशकै निधिको अभिनन्दन गर्ने अवसर पोखरेलीको लागि सुनौलो सौभाग्य भएकोले सबैलाई कार्यक्रममा जुट्न आह्वान पनि उनले गरे ।

१९९९ चैत ५ मा आर्बा (हाल पोखरा १३) मा बराल जन्मिएका हुन् । सानै उमेरमा धुलीमाटीमा औंलाले चित्र बनाउनेदेखि अहिलेसम्म चित्रकारितामा सक्रिय भई उनले नेपाली चित्रकारितालाई अतियथार्थवादी धारमा डोर्‍याउन उल्लेख्य योगदान दिएका छन् । उनले पोखरालाई पानी रङको चित्रकारितामा स्थापित मात्रै गरेनन्, थुप्रै अनुजलाई दीक्षितसमेत गरे ।

बरालले वात्स्यायनका नाममार्फत व्यङ्ग्यचित्र माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यङ्ग्यचित्रकारितामा सर्वाेच्च शिखरका रुपमा आफूलाई उभ्याएका छन् । पोखरामा शारीरिक सुगठन कला भित्रयाउने र प्रशिक्षण गर्ने श्रेय पनि उनलाई जान्छ । साथै पोखरामा फोटोग्राफी कला र व्यवसाय विस्तार र प्रशिक्षणमा पनि उनको योगदान छ ।

Related News

सम्बन्धित समाचार

  • सृजना विकास केन्द्रको सामाजिक परीक्षण

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । सृजना विकास केन्द्रको सामाजिक परीक्षण कार्यक्रम गरेको छ । वार्षिकरुपमा लेखापरीक्षणसँग संस्थाको प्रभावकारी अनुगमन मूल्यांकन कार्यमा सरोकार निकायबाट सुझाव…
  • फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा।  फेवा नव वर्ष महोत्सवमा सुरक्षा र छुटको विषयलाई विशेष ध्यान दिन पर्यटकीय संघसंस्थाले सुझाव दिएका छन् । आयोजक होटल…
  • अनाथको आश्रय सहारा एकेडेमी

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । आजभन्दा झण्डै २५ वर्षअघि स्थापित सहारा क्लब पोखरा मोफसलमा रहेर पनि चर्चित क्लब हो । फुटबलमार्फत सामाजिक क्षेत्रमा…
  • आत्महत्या रोक्न टिकटक प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । पोखरामा आयोजित टिकटक प्रतियोगितामा अनिशा अधिकारी र एलिशा अधिकारीको टिम प्रथम भएको छ । कोशिश, राष्ट्रिय मानसिक स्वास्थ्य…
  • बौद्ध उपवास पूजा

    आदर्श समाज सम्वाददाता चैत्र १६, २०७९
    पोखरा । बौद्ध उपवास (सिङढुव) पूजा आनी गुम्बा पोखरामा बुधबार बिहान सुरु भएको छ । बौद्ध उपवास संस्था पोखराद्वारा आयोजित…

hero news full width