पोखरा । देशभर आगामी ५ चैतमा हुने स्ववियु चुनावअन्तर्गत कास्कीका ६ क्याम्पसमा भने चुनाव अनिश्चित बनेको छ । गत २७ फागुनमा पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान र पोखरा नर्सिङ क्याम्पसमा मात्र मनोनयन दर्ता भए । जसअन्तर्गत इन्जिनियरिङमा अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियूले संगठन दर्ता गरेका थिए । यहाँ अनेरास्ववियु र अनेरास्ववियूले गठबन्धन गरेका छन् । यहाँ अनेरास्ववियुका विवेक न्यौपाने सभापतिका उम्मेदवार छन् । अनेरास्ववियले १ सदस्य लिने सहमति भएपछि न्यौपानेलाई साथ दिने भएको हो ।
नेविसंघबाट प्रदीप पनेरु सभापति उम्मेदवार बन्दा अखिल क्रान्तिकारीबाट वासुदेव पौडेल उम्मेदवार छन् । यहाँ राजकुमार श्रेष्ठ र आकाश कार्की स्वतन्त्र उम्मेदवार छन् । तर, यहाँ मनोनयन दर्तासँगै विवाद जारी छ ।
नेविसंघ क्याम्पस इकाइ समितिका ३ उपसभापतिको राजीनामासँगै नेविसंघ समर्थित विद्यार्थी निर्वाचन कार्यालयमा तालाबन्दीसहित अनसन बसेका छन् । स्थिति सामान्य नहुन्जेलसम्म निर्वाचनका प्रक्रिया अघि नबढाउन उनीहरुको माग छ । साथै उम्मेदवारी दिएका केही सम्पर्कविहीन भएको र पठनपाठन स्थितिसमेत नरहेकाले स्थिति सामान्य नहुञ्जेल निर्वाचन प्रक्रिया अघि बढ्न नहुने उनीहरुको ठहर छ । तर, नेविसंघ जिल्ला सभापति नसिव गुरुङले अनसनमा बसेको टोली नेविसंघको पक्षमा नरहेको बताउँछन् । टिकट नपाएको झोकमा राजीनामा दिएर हिंडेका टोलीले गरेको अनसनमा नेविसंघको कुनै हात नरहेको उनले बताए ।
उत,ा पोखरा नर्सिङमा नेविसंघ र अनेरास्ववियुले मनोनयन दर्ता गरेका थिए । नेविसंघबाट अनुस्था चापागाईं र अखिलबाट अन्जना अधिकारीको प्यानल चुनावी मैदानमा छ । तर यहाँ पनि विवाद छ । अखिलबाट उम्मेदवार अधिकारी सरकारी कर्मचारी भएको पाइएपछि विवाद भएको नेविसंघ कास्कीका सभापती नसिव गुरुङले जानकारी दिए । शुक्रबारको पेसीपछि निर्वाचन हुने नहुने थाहा हुने उनको भनाइ छ । पोखरा नर्सिङ क्याम्पस प्रमुख नीता ताम्राकारले निर्वाचनको सबैका पूरा गरेर बसे पनि अदालतको फैसला कुरेको बताउँछिन् ।
कास्कीका अन्य ४ क्याम्पसमा मनोनयन नै भएको छैन । पृथ्वीनारायण क्याम्पसहित वन विज्ञान क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र विन्दुवासिनी संस्कृत विद्यापीठमा निर्वाचनको प्रक्रिया नै भएको छैन । पृथ्वीनारायणमा निर्वाचन प्रक्रिया अगाडि नबढाउन उच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई बिहीबार निरन्तरता दिएको छ । २ चैतसम्म निर्वाचनसम्बन्धी काम कारबाही अगाडि नबढाउनू भनी अदालतले यसअघि सो आदेश दिएको थियो ।
वनमा नेविसंघ र अखिल क्रान्तिकारीले ताला लगाएका छन् । जनप्रियमा नेविसंघले विवाद झिकेपछि रोकिएको छ भने विन्दुवासिनीमा अखिल र अखिल क्रान्तिकारीको ताला छ । तर जनप्रिय, वन र विन्ध्यवासिनीमा विद्यार्थी मिलेर आएर माथिको निर्देशनअनुरुप अर्को निर्वाचन मिति तोकेर स्ववियु निर्वाचन गर्ने तयारी रहेको बताइएको छ । वन विज्ञान क्याम्पसका प्रमुख विनोद हेंजु, जनप्रियका निर्वाचन अधिकृत गोपाल बराल र संस्कृतका निर्वाचन समिति सदस्य आनन्दमणि रिजालले आफूहरु स्ववियु निर्वाचन गराउने पक्षमा रहेको बताउँछन् । यसैबीच, ५ चैतको चुनावको लागि मौन अवधि सुरु भएको छ । यसबीचमा प्रचारप्रसारका कार्यक्रम गर्न पाइने छैन ।
Related News
सम्बन्धित समाचार
कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
दिउँसो ३ बजेका लागि शपथको तयारी
तनहुँ १ मा त्रिपक्षीय भिडन्त !
कांग्रेस नेता पाण्डेले फेरि मागे मुख्यमन्त्री अधिकारीको राजीनामा
hero news full width
मुख्य समाचार
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९अनाथको आश्रय सहारा एकेडेमी
चैत्र १७, २०७९महावीर पुनको आक्रोश : ढाँट्यो गण्डकी सरकारले
चैत्र १७, २०७९