हेमजा । माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकस्थित महेन्द्र माविको ६३ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बुधबार सम्पन्न भयो ।
प्रतिनिधिसभा सदस्य दामोदर पौडेल वैरागीले समारोह उद्घाटन गर्दै सबैले समयको महत्व चिन्न सक्नुपर्नेमा जोड दिए । उनले नेपालमा राजनीतिक स्थिरता भए पनि आर्थिक तथा सामाजिक हिसाबले पछाडि परिरहेको चर्चा गर्दै समृद्ध नेपाल, सुखी नेपालीको नारा साकार बनाउनुपर्ने तर्क गरे ।
गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा पालिका चनाखो रहेको बताए । उनले सरकारको शिक्षा क्षेत्रको लगानीलाई अभिभावक तथा विद्यार्थीले मनन गर्नुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, शिक्षा इकाइ तथा समन्वय कास्की प्रमुख नारायणप्रसाद सुवेदी, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लीलाधर अधिकारी, वडाध्यक्ष मधुसुदन अधिकारी लगायतले बोलेका थिए ।
प्रअ जगन्नाथ अधिकारीले विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको उल्लेख गर्दै बर्सेनि विद्यार्थी भर्ना अभियान संचालन गर्ने गरिएको जानकारी दिए । उनले अब हरेक कक्षामा सिसी क्यामेरा राख्न, विद्यालय बस संचालन गर्न तथा आइसिटीमा आधारित पठनपाठन गराउनतर्फ सबैले ध्यान जानुपर्ने बताए ।
त्यस अवसरमा शिक्षक विदुरचन्द्र ढकाल, लेखा शिक्षक विनोद भण्डारी लगायतले पनि धारणा राखे ।
सो अवसरमा मुक्तिराम पौडेललाई वर्ष उत्कृष्ट शिक्षकबाट सम्मानित गरियो । साथै शिक्षक अनिता कँडेल, कमला अधिकारी, विनोद नेपाली, ऋषिराम तिम्सिना र शर्मिला पौडेललाई तहगत उत्कृष्ट कार्य गरेवापत सम्मान गरियो । कार्यक्रममा विद्यार्थीले मार्चपास, स्वागत गीत, नृत्य, नाटक लगायत प्रस्तुति राखे भने छात्रवृत्ति र शैक्षिक पुरस्कार पनि वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाराम अधिकारीको अध्यक्षतामा कार्यक्रममा शिक्षक विदुरचन्द्र ढकालले स्वागत र सहायक प्रअ मीनराज अधिकारीले संचालन गरे ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै
आमाहरुको पढ्ने धोको
एसइई परीक्षाको तयारी पू्रा, विद्यार्थीको तस्बिर खिच्न रोक
भवानी कालिकामा अब डिजिटल प्रविधि
लमजुङमा २८११ परीक्षार्थी
hero news full width
मुख्य समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९