पोखरा । नयाँ–नयाँ पहिरनमा सजिएका मोडल र्याम्प उत्रिएका छन् । असाप इन्टरटेन्मेन्टले आयोजना गरेको तेस्रो हेरिटेज अफ फेसन नेपालमा ख्याति कमाएका डिजाइनरले तयार पारेका पहिरनमा उनीहरु र्याम्प उत्रिएका हुन् ।
लेकसाइडस्थित हेरिटेज होटलमा भएको फेसन सोमा नेपालका विभिन्न जातजातिका पुख्र्यौली पहिरनदेखि सांस्कृतिक सम्पदा झल्काउने पहिरन फेसनमा प्रदर्शन गरिएको थियो ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले फेसन सो उद्घाटन गर्दै नेपालको सांस्कृतिक प्रचारप्रसारमा कार्यक्रममार्फत टेवा पुग्ने बताए । उनले यस्ता कार्यक्रममार्फत अहिलेका युवालाई नेपालको सभ्यता र सम्पदाका विषयमा समेत जानकारी मिल्ने बताए । प्रदेश सरकार पनि प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षणमा लागि परेको भन्दै उनले सो कार्यक्रम निरन्तरताको कामना समेत गरे ।
सो स्टपरमा पोखराका व्यवसायी एवं चलचित्रकर्मी सन्तोष अधिकारी र्याम्पमा देखिए । उनले नेपालको संस्कृति झल्काउने पहिरन लगाएका थिए । चलचित्र ‘आमा’ को सहनिर्माता अधिकारीले नै हेरिटेज अफ फेसन नेपालको अवधारणा ल्याएका हुन् । अधिकारीसँगै सुनिशा बजगाई, एन्जल श्रेष्ठ, स्वीन्जा सुमन, दीपा मगर स्टेजमा देखिए ।
डिजाइन तिर्सना गुरुङ, रोविन परियार, अमितेस कर्ण, मनिस बोगटी, आयुश ठकुरी, सजिना विष्ट, ज्वाला राज पोखरेलको डिजाइन प्रस्तुत गरिएको थियो । कलाकार अर्पण थापाको विशेष उपस्थिति थियो भने चलचित्र निर्माता शर्मिला पाण्डे, निर्देशक घनश्याम लामिछाने, नेपाल एयरलायन्सकी क्याप्टेन भावना पन्त, सुरज पाण्डे, संचारकर्मी जीपी तिमिल्सिना, विवेकसिंह ठकुरीको उपस्थिति थियो । नवराज श्रेष्ठको सांगीतिक प्रस्तुति रहेको सोको विवेक खतिवडाले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
घनश्यामको निर्देशनमा ‘चित्रा’ बन्ने
पोखरामा सामुदायिक थियटरको माग
मगर संस्कृतिमा आधारित फिल्म ‘उखान’
शर्मिला वाइवाले विष खाइन्
सर्वाधिक पुरस्कार राशिको रियालिटी सो
hero news full width
मुख्य समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९