पोखरा १३ मा ७१ युवालाई बारिस्ता तालिम

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७९
Pokhara 13 Photo

पोखरा । पोखरा महानगरपालिका १३ ले ७१ जना युवालाई निशुल्क बारिस्ता तालिम दिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा १ महिनासम्म चलेको तालिम बुधबार समापन भएको हो ।

तालिममा एभरेस्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालिले प्राविधिक सहयोग गरेको थियो । सबै प्रशिक्षार्थीलाई निशुल्क तालिम प्रदान गरिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए । उनकाअनुसार तालिममा ४१ पुरुष र ३० महिला सहभागी थिए ।

तालिमपश्चात बुधबार नै तालिमका सहभागीलाई प्रमाणपत्र दिइएको थियो । ‘तालिमले स्थानीय युवायुवतीलाई सिप सिकेर आत्मनिर्भर बनाई थप जीवनयापन गर्न सहज विश्वास गरेका छौ,’ उनले भने,’ सिप सिकौं र आत्मनिर्भर बनौं भन्ने अभियानका साथ तालिम आयोजना गरिएको थियो ।’ आगामी दिनमा आत्मनिर्भर हुन सघाउने थप कार्यक्रम ल्याई स्थानीयलाई जीविकोपार्जनका लागि थप सहज बनाइने उनले प्रष्ट पारे ।

तालिममा सहभागी सबैलाई महानगरका शिक्षा प्रमुख हेमप्रसाद आचार्यले प्रमाणपत्र वितरण गरेका थिए । उनले वडाले यस्ता प्रोत्साहनमूलक कार्यहरू गर्नलाई सुझाए । ‘युवाहरूमा गरेको लगानी खेर जाँदैन । लगानीलाई थप फलदायी बनाउन सबैजनाको सक्रियताको आवश्यक रहेको छ,’ प्रमुख अतिथि आचार्यले भने ।

Related News

सम्बन्धित समाचार

  • दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०७९
    ढोरपाटन । ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल…
  • मगर संघ गण्डकीको अधिवेशन पोखरामा

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । नेपाल मगर संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन पोखरामा हुने भएको छ । नेपाल पत्रकार संघ गण्डकीले शुक्रबार पोखरामा…
  • नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले…
  • व्यवसायीलाई सकारात्मक सोचसम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । बुद्व विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायी सदस्यलाई सकारात्मक सोच सम्बन्धी तालिम दिएको छ । कार्यक्रममा एसोसिएसनका…
  • बेनी-जोमसोम सडकमा दैनिक ६ घण्टा यातायात बन्द   

    आदर्श समाज सम्वाददाता चैत्र २, २०७९
    म्याग्दी ।  मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से…

hero news full width