विमान दुर्घटना जाँच आयोगको म्याद थपियो   

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७९
plane (15)

काठमाडौं ।  सरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । गत फागुन ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

सरकारले गत माघ १ मा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको थियो ।

दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो ।

आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा हुनुहुन्छ । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ ।  रासस

Related News

सम्बन्धित समाचार

  • रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । एक अंकको ब्याजदरमा लिइएको ऋणको व्याजदर १५ प्रतिशत भन्दा बढी भइसकेको छ । ऋणको भारले थिचिँदै छन् व्यवसायी…
  • नवनियुक्त मन्त्रीहरुले लिए शपथ

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका…
  • तनहुँ १ मा त्रिपक्षीय भिडन्त !

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य चुनावी पारो ह्वात्तै तातेको छ । नेपाली कांग्रेसले गोविन्द भट्टराईलाई…
  • महावीर पुनको आक्रोश : ढाँट्यो गण्डकी सरकारले

    धनबहादुर गुरुङ चैत्र १७, २०७९
    पोखरा । महावीर पुनले गत २१ कात्तिकमा फेसबुकमा एउटा स्टाटस लेखे । उनले गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा…
  • १० हजार नपाएको झोंकमा हत्या !

    आदर्श समाज सम्वाददाता चैत्र १६, २०७९
    पोखरा । पोखराबाट गत महिना बेपत्ता भएकी ४४ वर्षीय शान्ति श्रेष्ठको हत्याकाण्डमा संलग्न अभियुक्तलाई तनहुँ प्रहरीले सार्वजनिक गरेको छ ।…

hero news full width