पोखरा, १ चैत । पोखराको लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थानमा नेवि संघका विद्यार्थीले आमरण अनसन थालेका छन् । बुधबारदेखि विद्यार्थी सन्तोष थपलिया र विभीषण ओली अनसनमा छन् ।
टिकट वितरणमा नेविसंघ नेतृत्वले हस्तक्षेप गरेकोमा असन्तुष्ट रहँदै आएको नेवि संघको सो समूहले निर्वाचन अधिकृतले राजीनामा दिनुपर्ने, नयाँ निर्वाचन अधिकृत तोकेर निर्वाचन कार्यतालिका फेरि पुरानै प्रक्रियाबाट सुरु गर्नुपर्ने माग गरेको छ ।
आगामी चैत ५ मा हुने स्ववियु निर्वाचनको लागि गत फागुन २७ मा मनोनयन दर्ता भएको थियो । जसमा नेविसंघ क्याम्पस इकाइसँग सहकार्य नगरिकन नेविसंघ जिल्लाले एक्कासि मनोनयन बुझायो । जसबाट इकाइ अध्यक्षबाहेक अन्य पदाधिकारी तथा सदस्य असन्तुष्ट बने ।
नयाँ निर्वाचन अधिकृत तोकेर पुरानै प्रक्रियाबाट सुरु गर्नुपर्ने माग
इकाइका कुल २१ मध्ये ३ उपसभापति, १ सचिव, १ सहसचिव र १ कोषाध्यक्ष सहित १७ जनाले सोही दिन राजीनामा बुझाएका थिए । २ दिनपछि मनोनयनको अन्तिम नामावलीमा समानुपातिकमा आफ्नो नाम समावेश गरिएकोमा सो समूहले चर्को असन्तुष्टि व्यक्त गर्यो । नेविसंघ क्याम्पस इकाइ समिति उपसभापति विवेक घिमिरेले आफ्नो उपस्थितिबिनै समानुपातिकमा नाम समावेश गरिएको बताउँछन् । यस्तो असहज परिस्थितिमा कुनै पनि हालतमा चुनाव नलड्ने र विद्यार्थीले राखेका माग सम्बोधन हुनुपर्ने उनी जिकिर गर्छन् ।
अहिले स्ववियु निर्वाचन कार्यालय र प्रशासन दुवैमा विद्यार्थीले ताला ठोकेका छन् ।
निर्वाचन अधिकृत राजेश भट्टराईले असहज परिस्थितिमा काम गर्न नसक्ने भनी मंगलबार क्याम्पस प्रमुखलाई राजीनामा बुझाइसकेका छन् । उनले अब जिम्मेवारीबाट पन्छिएकोले कुरा कुनै आधिकारिक नभएकाले यसबारे क्याम्पस प्रशासनसँग बुझ्न आग्रह गरे ।
क्याम्पस प्रमुख निर्मल बराल विद्यार्थीका मागपार्टीको हस्तक्षेपले स्ववियु चुनावमा स्थिति असामान्य बन्दै गएकोमा दुःख व्यक्त गर्छन् । उनी भन्छन्, ‘शैक्षिक संस्था राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ भनी नारा दिने तर अहिले हस्तक्षेपकारी नीतिले चुनावी कार्यक्रम बिथोल्न खोजिएको छ ।’ निकासका लागि आफूहरु सबै विद्यार्थी संगठनसँग बसेर टेबुल टक गर्न तयार रहेको उनी बताउँछन् ।
करिब १७ सय मतदाता रहेको इन्जिनियरिङ कलेजमा अघिल्लो पालि अनेरास्ववियु नेतृत्वले चुनाव जितेको थियो ।
Related News
सम्बन्धित समाचार
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
तनहुँ १ मा त्रिपक्षीय भिडन्त !
महावीर पुनको आक्रोश : ढाँट्यो गण्डकी सरकारले
hero news full width
मुख्य समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९